• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

धरै मोटो हुनु अस्वस्थताको कारण

November 26th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धरै मोटो हुनु अस्वस्थताको कारण

हेल्थ टुडे,

शरीर दुब्लाउनु ,मोटाउनु मान्छेको खानपान र स्वरुपसँग जोडिएको कुरा मात्र नभएर यो स्वास्थ्यसँग जोडिएको विषय पनि हो । एउटा पछिल्लो अध्ययनले मोटा मानिसहरु स्वास्थ्यको दृष्टिकोणले स्वस्थ हुन्छन् भन्ने तथ्य साँचो नभएको देखाएको छ ।
पोर्चुगलमा भएको स्वास्थ्य विशेषज्ञहरुले मोटा मानिसहरुलाई चिकित्सा विज्ञानका आधारमा स्वस्थ भन्न नमिल्ने बताएका छन्।

ब्रिटेनमा ३५ लाख व्यक्तिहरुमा गरिएको अध्ययन प्रतिवेदनले त्यस्तो देखाएको हो। अनुसन्धान प्रतिवेदन अनुसार अत्यधिक मोटो मानिसमा यदि मुटु रोग सम्बन्धी कुनै संकेत छैन, मधुमेह छैन या उच्च कोलेस्टेरोल छैन भने पनि पछिसम्म उनीहरु सुरक्षित हुन्छन् भन्न मिल्दैन ।

युरोपियन कंग्रेस अन ओबेसिटीको सम्मेलनमा अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो।‘मोटो भए पनि स्वस्थु भन्नुको अर्थ मोटा मानिसहरुको रक्तचाप र रगतमा चिनीको मात्रा सन्तुलित भएमा बढी तौललाई स्वास्थ्य समस्याको कारण मानिदैन थियो। यसको सत्यता जाँच्न पछिल्लो अध्ययनमा बेलायतको बर्मिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् १९९५ देखि २०१५ सम्मका लाखौं बिरामीको तथ्यांक प्रयोग गरेका थिए।

अध्ययनकर्ताले त्यस्ता मानिसहरुको खोजी गरेका थिए जो मोटा भएर पनि मुटु रोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल या मधुमेह थिएन। तर, अध्ययनमा सामान्य तौल हुने मानिसमा भन्दा मोटा तर स्वस्थ्य मानिसमा मुटु रोग, मस्तिष्कघात या मुटु फेल खतरा उच्च रहेको देखियो ।‘द ब्रिटिस हार्ट फाउन्डेसनुका डाक्टर माइक न्यापटन अनुसार यस प्रकारका गहन अनुसन्धानले पुराना तर्क र भनाइलाई खण्डन गर्न सक्छन् ।’

मोटो हुँदा रक्तचाप र कोलेस्टेरोल बढ्ने हुनाले हृदयघातको सम्भावना बढेको ठानिन्थ्यो तर नयाँ अध्ययनले उनीहरु स्वस्थ्य देखिए पनि मोटा मानिसहरुमा हृदयघात या मस्तिष्कघातको खतरा हुन्छ भन्ने देखाएको छ ।

यो अनुसन्धानमाथि थप बहस र छलफल भने हुन बाँकी छ । अध्ययनलाई कुनै प्रतिष्ठित वैज्ञानिक जर्नलमा छापिएको पनि छैन । त्यसैले यो अनुसन्धानको निष्कर्षका आधारमा मोटा मानिसको स्वास्थ्य खराब हुने खतरा कति होला भन्ने निश्चित गर्न वैज्ञानिकहरुलाई कठिन छ ।

ब्रिटिस हार्ट फाउन्डेसनले चुरोट नखाने, सन्तुलित खाना खाने, नियमित रुपमा व्यायाम गर्ने र मध्यपान कम गर्ने हो भने सबै मानिस स्वस्थ्य रहन सक्छन् भनेको छ। यसअघिका अन्य अध्ययनले यदि वंशाणुगत रुपमै मानिस मोटो भएको हो भने मोटो भएर पनि स्वस्थ्य रहन सकिन्छ भन्ने तथ्यहरु दिएका थिए।

सन् २०१२ मा युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा अध्ययनले उच्च रक्तचाप, मधुमेहजस्ता रोग छैनन् भने ‘मोटो भए पनि स्वस्थ्य रहन सकिन्छु भन्ने आधार दिएको थियो ।’

अरु अध्ययनले शरीरको बीचतिर मात्र जम्मा हुने मोटोपन हानीकारक हुने तर सारा शरीर मोटो भएमा त्यो त्यति हानिकारक नहुने बताएका थिए । विशेषज्ञहरुका अनुसार तौल जतिसुकै भए पनि ऐनामा हेर्दा सुहाउँदिलो देखिनु भन्दा पनि व्यायाम र स्वस्थ्यकर खानाले मानिसको स्वास्थ्य राम्रो बनाउँछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हरेक स्कुलमा नर्स
Next article स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133821
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web