• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

किन हुन्छ महिनावारी बन्द  

December 5th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ महिनावारी बन्द  

डा. गणेश दंगाल

विकसित देशहरूमा महिलाले महिनावारीपछिका समस्याका विषयमा थोरै समस्या मात्र बेहोर्नु परेको पाइन्छ । तर नेपाल भने अझै महिनावारीका बारेमा ज्ञानको कमी र यसबाट उत्पन्न हुने समस्याका बारेमा जनमानसमा अनभिज्ञता रहेको पाइन्छ । महिनाबारी वा मासिक धर्म स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । साधारणतया किशोरीहरूमा १४ वा १५ वर्षको उमेरमा मासिक धर्म सुरु हुन्छ । मासिक धर्म बढीमा ४५ वर्षको उमेरसम्म हुन्छ । रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू हुन्छन् । धेरैजसो यस्ता परिवर्तनहरू विशेष र सामान्य प्रकारका हुन्छन् । र महिलालाई यो अवस्थामा खासै असुविधा हुदैन । तर कसै कसैलाई भने यी परिवर्तनहरू कष्टकर हुन्छन् ।

महिलामा महिनावारी अकस्मात बन्द हुन्छ भने कसैमा एक दुई वर्षभित्र बन्द हुन्छ । रजनोवृतिपछि महिलामा उत्साहको कमी हुने, शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरको विभिन्न भागमा पीडा हुने, बेचैनी हुने र डिप्रेसन हुनेजस्ता लक्षण देखा पर्न सक्छन । यी सबै लक्षणहरू डिम्ब ग्रन्थीहरूले काम नगर्ने भएकाले र महिला हर्मोनको कमीले हुने गर्छ । यीबाहेक तनाव हुने, मुटुको धड्कन बढ्ने, चिडचिड पसिना आउने, छाला चाउरी पर्ने । हड्डी कमजोर हुने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन । यदि ४० वर्षभन्दा कम उमेरमा रजानोवृत भएको खण्डमा यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ । कुनै महिलामा कुनै किसिमको रेडिएसन दिनु पर्दा केमोथेरापी गर्दा प्रयोग हुने औषधि प्रयोग भए वा कुनै किसिमको शल्यक्रिया गरिरहेको अवस्था वा बंशानुगत कारणले पनि समयपूर्व रजनोवृति हुन सक्छ । रजनोवृति चाँडै हुनुको कारण शरीरमा विकसित भइरहेको वा विद्यमान कुनै रोग पनि हुन सक्छ । धेरैजसो महिलामा रजनोवृति हुनुअघि नै असजिलो वा अप्ठेरोका लक्षण देखा पर्न थाल्छन् । रजनोवृति हुनुभन्दा एक वा दुई वर्ष पूर्व देखा पर्ने लक्षणले जीवन बढी कष्टकर भएको महसुस गराउँछ । जव महिलाको शरीरमा आवश्यक अर्मोनको स्तर खस्कन्छ त्यतिबेला देखि नै लक्षणहरू देखा पर्ने र विस्तारै हराएर जाने हुन सक्छ । कतिपय महिलामा आक्कलझुक्कल गर्मी महसुस भई पसिना आउने, मानसिक चिन्ता बढ्ने, निराशापन बढ्ने लक्षणहरू रजनोवृति भएको केही वर्षपछिसम्म देखा पर्न सक्छन् । रजनोवृतिपछि महिलामा हुने अन्य शारीरिक परिवर्तनहरू निम्नअनुसार हुन सक्छन् ।

१. मूत्रासय र मूत्र नलीमा हुने परिवर्तनको कारणले पिसाब छिटोछिटो लाग्ने, पौलने, नरोकिने र संंक्रमण हुने हुन सक्छ ।

२. यौनांगमा हुने परिवर्तनले यौनी सुक्खा हुने, यौन सम्पर्क कष्टकर हुने तथा संंक्रमण हुने आदि हुन सक्छ ।

३. तौल, उच्च रक्तचाप, कोरस्टोल आदि बढ्न हुनाले हृदयोगको खतरा हुन सक्छ ।

रजनोवृतिका लक्षणहरूबाट छुटकारा पाउनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

१. धूमपान तथा मद्यपान बन्द गर्ने ।

२. स्वस्थ आहार फाइवरयुक्त खानेकुरा, सागसब्जी तथा फलफूलसहित सन्तुलित खाना खाने ।

३. तौल घटाउने तथा नियमित व्यायाम गर्ने ।

४. यौनी सुक्खा भएमा नरमपन बनाउने क्रिम, जेली वा स्टाजन क्रिम प्रयोग गर्ने ।

५. मल्टिभिटामिन तथा क्याल्सियम चक्कीहरू पनि सेवन गर्न सकिन्छ ।

६. हर्मोन रिप्लेसमेन्ट थेरापी चिकित्सकको सल्लाहमा लिन सकिन्छ ।

नेपालमा रजनोवृतिसम्बन्धी अध्ययन तथा अनुसन्धान धेरै भएका छैनन् । धेरै नभएकाले विश्व स्वास्थ्य संगठनको सहयोगमा गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालको भित्री मधेस कपिलवस्तुका एक हजार महिलामा गरेको अनुसन्धान र नेपाल रजनोवृति समाजले काठमाडौंका दुई हजार महिलामा गरेको अनुसन्धानले धेरै महिलामा रजनोवृतिसम्बन्धी ज्ञान र चेतनाको कमी भएको पाइएको छ । धेरै कमलाई मात्र रजनोवृति एउटा समस्या पनि हुन सक्छ भन्ने जानकारी पाइयो । ४० देखि ४४ वर्ष उमेरसमूहका अधिकतम ५० प्रतिशत माथिलाई रजनोवृति भएको पाइयो । रजनोवृतिको औसत उमेर ४८ वर्ष भएको पाइयो । अध्ययनमा अधिकतम महिलामा ७० देखि ८० प्रतिशत शारीरिक, तथा मानसिक शिथिलता तथा यौनसम्बन्धी समस्या, मूत्र प्रणालीसम्बन्धी समस्या, मांसपेशी तथा जोर्नीमा हुने समस्या पाइयो । मांंसपेशी तथा जार्नीसम्बन्धी समस्या, यौन समस्या, स्वास्थ्य शिक्षा दिइनुपर्ने तथा स्वास्थ्य सेवा प्रदायकहरूलाई रजनोवृतिका समस्या भएका महिलालाई कम्प्रिहेन्सिभ उपचार तथा व्यवस्थापनसम्बन्धी थप तालिमहरू दिइनुपर्ने निष्कर्ष निकालेका छन् ।

(डा.दंगाल काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ हुन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहीकालागि सानो थाल 
Next article महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web