• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मुगुमा भाइरल ज्वरोको प्रकोप

December 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुगुमा भाइरल ज्वरोको प्रकोप

हेल्थ टुडे,
मुगुमा भाइरल ज्वरोको कारण १४ जनाको मृत्यु र औषधि अभाव भएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्चस्तरीय टोली पठाएको छ । एक महिना लामो प्रकोपबाट १४ जनाको मृत्यु भएको छ भने, १ सय ८१ जना बिरामी परेका छन्। महाशाखाका निर्देशक डा. भीम आचार्यले भाइरल ज्वरोसँगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खबर आउनासाथ रोग पत्ता लगाउन उच्चस्तरीय टोली मुगु पठाइएको बताए।

‘अहिले सम्म पनि स्वास्थ्यकर्मीको टोली प्रभावित स्थानमा खटिरहेको छ,’ आचार्यले भने, ‘महाशाखाले जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधि सहित प्रभावित खप्त्याड गाउँपालिका तर्फ पठाएको छ । चाँडै नियन्त्रणमा आउने छ। बाहिर आएको जस्तो औषधि नभएको भन्ने कुरा सहि हैन ।’

निर्देशक आचार्यले भने, ‘हामीले मुगुमा जानकारी लिएका छौं । आवश्यक पर्ने सबै प्रकारका औषधि उपलब्ध छन् । कमी नहोस् भनेर खरिद गर्न रकम समेत पठाएका छौं।’

मुगु जिल्लाको सहायक जिल्ला अधिकारी मोहन केसीले मुगुमा समाचारमा आएजस्तो भाइरल ज्वरोको महामारी नफैलिएको दावी गरे। केसीका अनुसार कार्तिक १५ देखि अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । कालगतिले मर्ने र अन्य कारणले मर्नेहरु पनि १४ जना भित्रै रहेको उनले बताए।

उनले भने, ‘२२ हजार जनसङ्ख्या भएको यहाँ १४ जना मरेका छन् त्यो पनि ६५ वर्ष माथिका । उनीहरु भाइरल ज्वरोका कारण हैन दम र निमोनियाका कारणले मरेका हुन् । समाचारमा आएजस्तो कुनै भाइरल ज्वरोको महामारी छैन् । औषधि पनि पर्याप्त छ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !
Next article आयुर्वेदबाट घातक रोगको उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web