• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

ल्वाङमा कामोत्तेजक गुण

December 10th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ल्वाङमा कामोत्तेजक गुण

आम नेपालीको भान्सामा धेरै उपयोग हुने ल्वाङ पुरानो समय चीनको राजाले आफ्नो मुखमा राख्ने गर्थे । आयुवेर्दिक गुणले भरिएको ल्वाङ चीन र भारतीय उपमहाद्वीपमा दुई हजार वर्षभन्दा बढी समयदेखि उपयोगमा छ । यसमा दन्त क्षयलाई रोक्ने र मुखको दुर्गन्ध हटाउने राम्रो गुण पाइन्छ । ल्वाङमा कामोत्तेजक गुणसमेत पाइने दाबी केही चिनियाँ औषधिविज्ञहरूले गर्छन् । ल्वाङमा कार्बोहाइड्रेट, नमी, प्रोटिन, वाष्पशील तेल, बोसो जस्ता तत्त्व हुन्छन् । यसबाहेक ल्वाङमा खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ‘सी’ र ‘ए’ समेत प्रचुर मात्रामा पाइन्छ । पाचनक्रियालाई राम्रो बनाउनमा ल्वाङको महत्त्वपूर्ण भूमिका हुन्छ ।

ल्वाङको काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गरिन्छ । ल्वाङको तेलमा यस्तो अंशसमेत हुन्छन् जसले रक्त सञ्चारलाई सामान्य राख्नुको साथै शरीरको तापक्रमलाई समेत नियन्त्रित गर्छ । वान्ता हुँदा भुटेको ल्वाङको चूर्णलाई महमा मिसाएर उपयोग गर्नाले तुरुन्त लाभ मिल्ने आयुर्वेदाचार्यहरू जनाउँछन । चिनियाँ चिकित्सा पद्घतिअनुसार ल्वाङ अपच, अतिसार, गोलकृमिको उपचारमा प्रभावकारी छ । हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी सावित हुन्छ । यसको लागि चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा होउन्जेलसम्म उमाल्नुपर्छ । यो पानीलाई चिसो गरेर खानाले रोगको तीव्र लक्षणलाई तुरुन्त नियन्त्रण गर्न सकिने वैकल्पिक चिकित्सा पद्घतिमा उल्लेख छ ।

दममा समेत ल्वाङ उपयोगी हुने दाबी गरिएको छ । दमका रोगीले ५ वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा हालेर उमाल्नुपर्छ । यसको काढा बनाएर महसँग दिनमा तीन पटक उपयोग गर्नाले जमेको कफ निस्कनुको साथै दमको रोगीलाई राहतसमेत मिल्छ । आयुर्वेदको अनुसार यदि घाँटी दुखोस, कफ जमेको होस, खोकी आइरहेको होस भने नुनसँग ल्वाङ चपाउनाले तत्काल राहत मिल्छ । यसबाहेको खोकी लाग्दा भुटेको ल्वाङ चपाउनाले राहत मिल्छ । आधुनिक चिकित्सा विज्ञान अन्तर्गत दन्त रोगमा समेत ल्वाङ्गको उपयोग हुदै आएको छ । ( एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुध्रिदै भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य
Next article कसरी बढदैछ यौन व्यवशाय ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134370
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web