• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

कसरी बढदैछ यौन व्यवशाय ?

December 9th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी बढदैछ यौन व्यवशाय ?

हेल्थ टुडे,

यौन व्यवसायलाई पर्यटन व्यवसायको मुख्य आधारका रूपमा लिइन्छ त्यहाँ । यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गरेका देशहरूका लागि त यो मनोरञ्जनका साथै राजस्वको राम्रै स्रोत बनेको छ । हाम्रो देशमा यो व्यवसायलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर यसको अर्थ यो व्यवसाय छैन भन्ने होइन । यो व्यवसायले कानुनी मान्यता नपाएपछि दिनप्रतिदिन फस्टाइरहेको छ । यसमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारे होटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् ।
किन बढ्दैछन त यौनकर्मी महिला ?
नेपालमा ६ बर्षमा किन बढे त महिला यौनकर्मी ? यसको उत्तर ठ्याक्के सहज छैन । यौनकर्मी महिलाको अधिकारर रक्षाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका महिला पढेलेखेका छैनन् । उनीहरुमध्ये अधिकांश जिवन निर्वाह गर्न पुग्ने रोजगारी नपाएर यो क्षेत्रमा आएका हुन । रहरले यो पेसामा आएका महिला भए पनि त्यो संख्या निकै कम र त्यो अदृश्य छ । जिवन निवार्ह गर्न पुग्ने रोजगारी नपाएरै यो व्यवसायमा महिलाको संख्या बढेको ढकालको बुझाई छ । यसका अलावा महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा र अन्य हिंसा सहन नसकी सबैबाट तिरस्कृत भए पछि बाच्नका लागि मात्र भएपनि यो पेसामा आएका महिला बढी छन् । पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको पाइएको छ । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाईका लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि कलेज अध्ययनरत केटीहरु यो व्यवसायमा आउने गरेको विजया सुनाउछिन । उनी भन्छिन, ‘राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । ’

आफ्नो श्रीमानबाट यौन सन्तुष्ट नहुने महिलाको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । व्यापार व्यवसायमा बढी व्यस्त रहने, श्रीमतीलाई समय दिन नसक्ने, बाहिरको महिलासंग बढी हिमचिम गर्ने अधिकांश पुरुषका पत्नी कुनै न कुनै रुपले यौन व्यवसायमा लागेको पाइन्छ ।
धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।
यौनकर्मी महिलाको संख्या ह्वात्तै बढ्नु स्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । एचआईभी र एड्सको जोखिममा रहेका समूहमध्ये महिला यौनकर्मी पहिलो नम्बरमा आउछन । जानेर होस वा नजानेर होस र कहिले काही बाध्यताबस समेत उनीहरु असुरक्षित यौन सम्पर्कको अवस्थाामा पुग्ने गरेका छन् । धेरैलाई असुरक्षित यौन सम्पर्कका कारण यौनरोगका साथै एचआईभी संक्रमण हुने थाहा भए पनि उनीहरुका ग्राहकले कण्डम लगाउन नमान्ने प्रवृतिले उनीहरु उच्च जोखिममा रहेका हुन्छन । यौनकर्मी महिलाको संख्या बढ्नु भएको एचआईभी संक्रमणको जोखिम बढ्नु हो । त्यसैले सरकारले यो समूहसम्म एचआईभी जनचेतना जस्ता कार्यक्रम लैजानु पर्छ । अनिश्चित गर्भपतन, बलात्कार, यौनदुव्यवहार लगायतका घटना पनि उनीहरुमाथि बढी हुने गरेको छ ।सरकारले एचआईभी र यौनकर्मी महिलासंग गरिदै आएको दोहोरो चरित्र देखाउनु हुदैन । एकातिर एचआईभी संक्रमण रोक्न भनेर सरकारी निकाय स्वास्थ्य मन्त्रालयले महिला यौनकर्मीलाई सुरक्षित यौन सम्पर्कका लागि कण्डम बाढ्दै हिड्ने र अर्को निकाय गृह मन्त्रालय मातहतका प्रहरीले कण्डम बोकेकै निहूमा यौनकर्मीलाई पक्रने गर्नु बन्द गर्नु पर्छ । यौनकर्मी महिलामाझ परिवार नियोजनका कार्यक्रम बिस्तार गर्नु पर्छ ।
उनीहरुले सहज रुपमा परिवार नियोजन सेवा उपलब्ध गराउनु पर्छ । नेपाल परिवार नियोजनले उनीहरुको पहूच बढाउन प्रयास गरिरहेको भए पनि त्यो प्रयाप्त हुन सकेको छैन । यसमा सरकारले सहयोग गर्नु पर्छ । संविधानले नै हरेक महिलालाई प्रजनन् तथा स्वास्थ्यका अधिकार प्रदान गरेको छ । त्यसका् ग्यारंटी सरकारले गर्नु पर्छ ।
स्वास्थ्य सेवासम्म पहूच नभएकाले अधिकांश यौनकर्मि आफ्ना स्वास्थ्य समस्या लुकाएर राख्ने गरेका छन । किनकी यौनकर्मि भएको थाहा पाए पछि भर्ना गरिएको विरामीको समेत उपचार हुने अवस्था छैन । अधिकांश यौन व्यवासायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरुका सामुन्ने उचित विकल्प छैन् । सानोतिनो सिलाई, बुनाई, कटाईको तामिल गरेर सुरु गर्ने व्यवसायबाट त हातमुख जोर्न पनि सकिदैन । अनी उनीहरु त्यही पेसामा फर्कन बाध्य छन् । सरकारले साच्चिकै यौनकर्मी महिलालाई यो पेसाको विकल्प दिने हो भने उनीहरुको जिविकोपार्जन हुने किसिमको रोजागारीको प्रवन्ध गर्नु पर्छ । नत्र गरेको जस्तो देखाएर नाम मात्रका सिपमूलक तालिमले यो पेसामा लाग्ने महिलाको संख्या घट्दैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ल्वाङमा कामोत्तेजक गुण
Next article सेवाको ३८ वर्षपछि राजधानी टेक्ने डाक्टर

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web