हेल्थ टुडे
काठमाडौं, २६ मंसिर : परिवार स्वास्थ्य महासाखाका निर्देशक डा.नरेशप्रताप सिंहले आजबाट सरकारी सेवाबाट अवकाश पाएका छन् । उमेर हदका कारण डा.केसीले अवकाश पाएका हुन् । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महासाखाले मंगलबार विदाई कार्यक्रमको आयोजना गरेका छ । डा.केसीले यो भन्दा पहिले एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक थिए । विदाई कार्यक्रममा महासाखाका अधिकारीहरुले डा. केसीले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिएको स्मरण गरे । डा. केसीले आफूले स्वास्थ्य सेवामा रहदा इमान्दारिताका साथ काम गरेको बताए । नेपालको स्वास्थ्य सेवाले प्रगति गर्दै गइरहेकोमा खुशी व्यक्त गर्दै भविश्यमा अझै सुधार भएर जाने विश्वास व्यक्त गरे ।
Leave a Reply