• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

चुम्बनबाट पनि यौन रोगको जोखिम

December 13th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुम्बनबाट पनि  यौन रोगको जोखिम

हेल्थ टुडे,
काठमाण्डौ, ६ मंसिर : नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरू प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकूल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले उनीहरूलाई सिफिलिस हुने गरेको छ ।

सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ । उनीहरूको यौनांगवरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुमा सर्न सक्छ । तर, तुलनात्मक रूपमा पुरुषलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गनाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलामा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।

यौनरोग लागेको व्यक्तिले निको नहुञ्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न धेरैको हुने गर्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिज अर्थात् मुसा देखापर्न सक्छ ।

समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफू अनुकूलको डाक्टरलाई देखाउँछन् । पुरुषहरू पुरुष र महिलाहरू महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिँदैन ।
शहरी क्षेत्रमा अनुमान नै गर्न नसक्ने मानिसलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरू विवाहपूर्व नै शारीरिक सम्पर्क राख्छन् । कतिपय मानिस व्यावसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगको जोखिम झनै बढाएको छ । किशोर÷किशोरी पनि यौनरोगका हुन्छन् ।
स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अवलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 
Next article झापामा बन्ने भयो ३०० बेडको क्यान्सर अस्पताल 

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web