• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

सागपात बेचेर चाउचाउ किन्ने बानी छोडौ  

December 17th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सागपात बेचेर चाउचाउ किन्ने बानी छोडौ  

डा. अरुणा उप्रेती,

एउटा भनाइ छ ‘यदि पौष्टिक खाना खायौं भने तिमीलाई कुनै औषधिको जरुरत पर्दैन, तर तिमीले पोषणयुक्त खाना खाएनौं भने कुनै पनि रोग लाग्दा औषधिले पनि मद्दत गर्न सक्दैन’ यो भनाइले हाम्रो जीवनमा पोषणयुक्त खानाको महत्वबारे धेरै दर्शाउँछ ।  बालबालिका, युवा, गर्भिणी, दूध खुवाउने आमा, वृद्घवृद्धा सबैलाई पोषणयुक्त खाना चाहिन्छ । बालबालिकाको लागि त पोषणको झन् बढी महत्व छ । विभिन्न पोषक तत्वहरूको अभावमा बालबालिकालाई कुपोषण हुन्छ । उनीहरू शारीरिक र मानसिक रूपमा कमजोर बन्न सक्छन् ।

पोषणयुक्त खाना महंगो हुने तथा सजिलै उपलब्ध नहुने भएकाले मानिसलाई कुपोषण हुन्छ भन्ने धेरैको मान्यता हुन्छ । वास्तवमा सस्तो रूपमा नै पर्याप्त पौष्टिक तत्व भएका खानेकुराहरू प्राप्त गर्न सकिन्छ । तर पनि अज्ञानताका कारण पौष्टिक तत्व बढी भएका खाना महँगो हुन्छ भन्ने बुझाइ समाजमा छ । बालबालिकालाई घरकै खानेकुरा खान दिएर स्वस्थ बनाउन सकिन्छ । यदि कसैलाई कुपोषण भए हाम्रै घरवरिपरि भएका खाने कुराहरूबाट उनीहरूलाई स्वस्थ पार्न सकिन्छ । यो कुरा प्रायः स्वास्थ्यर्मीलाई पनि थाहा हुन्छ । कतिपयले यसलाई वास्ता नगरेका होलान् तर व्यावहारिक प्रयोग गरेर बालबालिका स्वस्थ पारेका उदाहरणहरू पनि नभएका होइनन् ।

ललितपुरको सुनाकोठीस्थित पोषण पुनस्र्थापना केन्द्र (यो पहिले बालुवाटारमा थियो) वीरगन्जमा नारायणी अञ्चल अस्पतालको पुनस्र्थापना केन्द्र यसका गतिला उदाहरण हुन् । नारायणी अञ्चल अस्पताल, पुनस्र्थापना केन्द्रका  बालरोग विशेषज्ञ डा. श्यामशरण दास भन्नुहुन्छ ‘अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र स्थापना गरेपछि व्यापारीहरूलगायत धेरै मानिसले  कुपोषित बालबालिका उपचार गर्न ल्याए । उपचारपछि उनीहरूलाई घरमै पोषणयुक्त खानेकुरा तयार गर्ने विधिका बारेमा पनि सिकाइयो । बाबुआमालाई यससम्बन्धी ज्ञान  दिएपछि उनीहरूको पोषणसम्बन्धी  व्यवहारमा ठूलो परिवर्तन भइरहेको छ ।’

डा. श्यामशरणका अनुसार ६ वर्षअघि स्थापित सो पुनस्र्थापना केन्द्रमा अहिलेसम्म  एक हजारभन्दा बढी अति कुपोषित बालबालिकालाई उपचार गरिसकिएको छ । झन्डै एक हजार चार सयजना आमाहरूलाई पोषणको बारेमा सीप सिकाइएको छ ।

कतिपय संस्थाले सो पुनस्र्थापना केन्द्रका बालबालिकालाई निःशुल्क बिस्कुट, चाउचाउ बाँड्ने प्रस्ताव गरे पनि सो गर्न नदिइएको डा.दास बताउनुहुन्छ ।  उहाँका अनुसार केन्द्रका बालबालिकालाई चाउचाउ बिस्कुट खान नदिने गरिएको र स्थानीय रूपमा पाइने खानेकुरा मात्र दिने गरिएको छ ।  नेपालमा बालबालिका र गर्भिणी महिलालाई खानामा प्रोटिनको कमी भएर कुपोषण भएको पाइन्छ । यस्तो कुपोषण हुन नदिनका लागि कतिपय विदेशी संघसंस्थाहरूले खाद्य वस्तुहरू सहयोग गर्ने गरेका पनि छन् । तर यस्ता खाद्य वस्तुहरू प्रायः तयारी तथा पाकेटबन्द हुन्छन् । ती महंँगा पनि हुन्छन् । हाम्रै गाउँघरमा उत्पादन हुने गेडागुडीजस्तै चना, भटमास, बकुल्ला, सिमी, बोडी आदि खानेकुरामा पर्याप्त मात्रामा प्रोटिनका साथै क्याल्सियम, आइरन आदि पाइन्छ । ती खानेकुराहरूको मूल्य विदेशी संस्थाले दिने प्याकेटबन्द खानेकुरा तथा बजारमा पाइने तयारी खाने कुराको भन्दा कम नै पर्छ

नेपालमा उत्पादन हुने विभिन्न खाद्यवस्तुहरूमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरू पाइन्छन् । यस्ता वस्तुहरूका सम्बन्धमा गरिएको वैज्ञानिक अध्ययन विश्लेषणबाट पनि गाउँघरमा उत्पादन हुने तथा तयार हुने खाद्य वस्तुहरूमा सहरमा तयार गरिने खाद्यवस्तुभन्दा कम मूल्यमा बढी पौष्टिक तत्वहरू खाद्यवस्तु प्राप्त गर्न सकिने पुष्टि भएको छ । बजारमा किनिने तयारी खाद्यवस्तुको प्याकेजिङका लागि थप साधनस्रोतको उपयोग गर्नुपर्ने हुन्छ । थप आकर्षक बनाउनका लागि रंगीन बट्टा वा कागजको प्रयोग गरिन्छ । जसको लागि थप खर्च र व्यापारीले लिने नाफाको अंश जोड्दा वस्तुको मूल्य निश्चय नै बढी हुन्छ । गाउँघरमै तयार गर्न सकिने खाद्यवस्तुलाई प्रयोग गर्न सकेमा कम मूल्यमा अधिकतम लाभ लिन सकिन्छ । साथै कुपोषणको समस्या पनि कम हुन सक्छ । उदाहरणको लागि एक सय ग्राम भटमासलाई ८–९ रुपैयाँ पर्छ र यसमा ४३ ग्राम प्रोटिन पाइन्छ । यसमा लौह तत्व पनि १० दशमलव ४ मिलिग्राम हुन्छ । क्याल्सियम दुई सय ४० मिलिग्राम. पाइन्छ । यसमा रेसादार पदार्थ पनि पर्याप्त पाइन्छ । एक सय ग्राम भटमास र एक सय ग्राम मन्सुली चामल (रु.४–६) पकाएर खायो भने ४९ ग्राम प्रोटिन पाइन्छ । त्यसको मूल्य १२–१५ रुपैयाँ पर्न जान्छ । यदि यसमा इन्धनको खर्च, पानीको खर्च आदि पनि जोडेमा २० रुपैयाँ जति लागत पर्न सक्छ । एक जनालाई उत्तम तरिकाको प्रोटिन प्राप्त गर्न २० रुपैयाँ भए पर्याप्त हुन्छ ।

त्यसैगरी एक सय ग्राम चिउरामा ७.५ ग्राम प्रोटिन हुन्छ, । जसको मूल्य ४–७ रुपैयाँ पर्छ । एक सय ग्राम चनाको १० रुपैयाँ जति पर्छ । यसमा १७ ग्राम प्रोटिन पाइन्छ । अर्थात् १५–१७ रुपैयाँमा २५ ग्राम प्रोटिन पाइन्छ । हामीलाई चाहिने दैनिक प्रोटिनको आधा भाग प्राप्त हुन्छ । चना पकाउनलाई चाहिने खर्च जोड्दा थप.१० रुपैयाँ जोडियो भने ३० रुपैयाँ पर्न जान्छ ।  धेरै जना व्यक्तिलाई पकाउँदा प्रतिव्यक्ति लागत निकै नै कम हुन्छ । यसरी थोरै पैसामा पर्याप्त मात्रामा प्रोटिन प्राप्त गर्न सकिने हुन्छ । तर बजारका तयारी खाद्यवस्तुबाट यति नै पौष्टिक तत्वहरू प्राप्त गर्नका लागि दुई सयभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन सक्छ । त्यसकारणले पनि राम्रो पोषणका लागि घरायसी वस्तुलाई बढी जोड दिनुपर्छ भनिएको हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला उपचारमा यसकारण लागे म
Next article क्यान्सर, मिर्गौला र स्पाइनल पिडितलाई मासिक ५ हजार

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132567
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web