• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा डा. नायकको पदस्थापन

November 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा डा. नायकको पदस्थापन


हेल्थ टुडे,

जनकपुरधाम, २८ कात्तिक : मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा डा. श्रवणकुमार नायकलाई पदस्थापन गरिएको छ । बढुवाको झण्डै एक वर्षपछि डा.नायकलाई मधेश सरकारले पदस्थापन गरेको छ ।
मधेश सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एघारौं तहमा बढुवा भएका डा. नायकलाई मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा पदस्थापन गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम मुख्यमन्त्री कार्यालयले उनलाई मंगबार निर्देशनालय प्रमुखमा पदस्थापन गरेको हो । आफ्नो आज निर्देशनालयको प्रमुख पदमा पदस्थापन भएको र पत्र बुझ्न आधिकारिक जानकारी आएको नायकले बताए । लामो संघर्ष र मिहिनेतपछि आफूले न्याय पाएको उनको भनाइ छ ।
स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो ।
स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका नायकलाई झण्डै ५ महिनादेखि मुख्यमन्त्री कार्यालयमा तलबभत्ता खाने गरी सरकारले थन्काएको थियो । बढुवाको ७ महिनासम्म स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नायकले आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गर्नु परेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article माघ २३ देखि १६ लाख किशोरीलाई निःशुल्क पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने तयारी
Next article आयुर्वेद विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा.श्यामबाबु यादवलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web