• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

खुट्टा निदाए यसो गर्नुस

December 18th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खुट्टा निदाए यसो गर्नुस

सन्ध्या केसी

के तपाईं राति, बिहान एक्कासि उठ्दा वा कुनै ठाउँमा निरन्तर बसिरहेपछि हात वा खुट्टा केही क्षणको लागि चेतनाहीन हुने समस्यामा पर्नुभएको छ । कुनै पनि उमेरमा अचानक हुने यो समस्यामा कहिलेकाहीँ हाम्रो हातखुट्टा संवेदनाहीन हुन्छन् । हामीलाई कुनै पनि कुरा छोएको संवेदना हुँदैन । योसँगै प्रभावित स्थानमा दुखाइ, झमझम हुनु, कमजोरी आदि असामान्य अनुभव पनि हुन सक्छ । बोलचालको भाषामा हामीले यसलाई हातखुट्टा निदाएको भन्छौं ।   निदाएको वा संवेदना गुमाइसकेको अंगमा अलिअलि झम्झम् हुन्छ । यसपछि हामी के अनुभव गर्छौं भने ती अंग विशेष चेतनाहीन भए । सियो घोचाइजस्तो अनुभव हुन सक्ने भए पनि दुखाइ भने थाहा हुँदैन । चिकित्सकहरूका अनुसार बस्दाबस्दै वा एउटै मुद्रामा काम गर्दै शरीरको कुनै अंग संवेदनाहीन हुने समस्याबाट नजुध्नेहरू विरलै हुन्छन । ‘स्वस्थ व्यक्तिलाई समेत शरीरको अंग एक्कासि संवेदनाहीन हुनु आम व्यक्तिमा देखिने सामान्य समस्या हो,’ त्रिवि शिक्षण अस्पताल, स्नायु विभागका स्नायु रोग विशेषज्ञ प्राडा जेपी अग्रवाल भन्छन्, ‘यो समस्या देखिनु पछाडि सामान्य दबाब पर्नुसँगै लिएर नसासम्बन्धी समस्या, हाड खिइनु, भिटामिनको कमीलगायतका थुप्रै कारणहरू हुन सक्छन् ।’

धेरैजसो व्यक्ति यो समस्या सुतेका बेला अनुभव गर्छन् । हरेक व्यक्ति पृथक्पृथक् स्थितिमा सुत्ने गरेका छन् । सुत्ने बेला कहिलेकाहीं हातखुट्टा संवेदनाहीन भएको अनुभव गर्छन् । यसको कारण त्यो अंग विशेषको रगतको धमनी वा नसामा दबाब बढी समय रहनु हो । यो समस्या केही मिनेटका लागि भए आत्तिनुपर्ने केही छैन । तर यस्तो स्थिति घन्टौं जारी रहे वा पटकपटक भइरहे चिकित्सकको परामर्श अत्यावश्यक हुन्छ । अंग विशेष निदाउने प्रक्रिया जटिल छ । प्राडा अग्रवालका अनुसार कुनै खास परिस्थिति, अवस्थाले गर्दा शरीरमा पर्ने दबाब अंग विशेषको थुप्रै कोषिय फाइबरबाट बनेको नसाहरूमा पर्छ । प्रत्येक कोषिय फाइबर फरकफरक संवेदनालाई मस्तिष्कमा पु¥र्याउँछ । यो फाइबर ‘माइलिन’ नाम गरेको सेता पदार्थले बनेको झिल्ली हो ।  यसमा दबाब पर्दा मस्तिष्कसम्म नसाद्वारा पर्याप्त मात्रामा सञ्चार हुन पाउँदैन ।

रक्त सञ्चार वा नसाको कारणमात्र नभएर हातखुट्टा निदाउने समस्या कहिलेकाहीँ स्पोन्डुलाइटिस अर्थात् हाड खिइने समस्याले समेत देखिन सक्छ । भिटामिन बी १२ लगायत अन्य भिटामिनको कमीले समेत अंग निदाउने समस्या देखिन सक्छ भने अस्टियोअर्थराइटिसमा पनि यो समस्याले च्याप्न सक्छ । हाड, भिटामिन, नसाको कारणले हुने हातखुट्टा निदाउने समस्या सामान्यतः उमेरको चार दशक पार गरेकाहरूमा बढी देखिन्छ । तर शरीरमा पर्ने असामान्य दबाबले गर्दा यो समस्या जुनसुके उमेरसँगै जुनसुकै बेला हुन सक्छ । ‘उमेर पुगिसकेकाहरूमा रक्तनलीमा समस्या, उच्च रक्तचापलगायतकाले गर्दा यो समस्या बढी देखिन्छ,’ प्राडा अग्रवाल भन्छन्, ‘यो समस्यामा सबैभन्दा पहिले फिजिसियनसँग देखाउनु उपयुक्त हुन्छ ।’ फिजिसियनले बिरामीमा यो स्नायु, हाडजोर्नी वा रक्तनलीसँग सम्बन्धित रहेको निक्र्योल गरेर विशेषज्ञ नजिक रेफर गर्न सक्छन् ।

कहिलेकाहीँ एक्कासि हातखुट्टा निदाउने समस्यामा तुरुन्त चिकित्सकीय सहयोगसमेत आवश्यक हुन्छ । यसो नगरे जटिल स्वास्थ्य समस्यासमेत देखिन सक्छ । ‘एकदमै अचानक हात वा खुट्टा दुख्नु, चलाउन नसक्ने हुनु कहिलेकाहीँ चेतनाहीन हुने भयो भने तुरुन्त चिकित्सकीय सहयोग दिनु आवश्यक हुन्छ,’ अर्को एक चिकित्सक भन्छन्, ‘यो समस्या रक्तनलीबाट रगत सञ्चार नभएर हुन सक्ने भएकोले यसमा छिटो रक्तनलीसम्बन्धी विशेषज्ञको सुझाव आवश्यक हुन्छ ।’ पलेँटी मारेर लामो समयसम्म बस्दासमेत पैताला निदाउने, कमजोर हुने समस्या देखिन्छ ।

योगअन्तर्गत पलेँटी मारेर लामो समयसम्म बस्ने नेता, व्यापारी, बुद्घिजीवीलगायतकाहरू पैताला निदाउने, कमजोर हुने समस्यासहित पुग्ने गरेको प्राडा अग्रवाल बताउँछन् । पलेँटी मारेर लामो समयसम्म बस्दा ‘कमन पेरोनियल नर्भ’ मा दबाब पर्ने निचोर्ने (कम्प्रेसन) काम सुरु हुने उल्लेख गर्दै प्राडा अग्रवाल लामो समयसम्म पलेँटी मारेर नबस्न सुझाव दिन्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् हिड्नुका फाइदा
Next article डाक्टरका नजरमा कस्ता यौनकर्मी सुरक्षित

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132560
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web