• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुपोषण हटाउन अब चामलमा पोषक तत्व मिलाउने

December 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुपोषण हटाउन अब चामलमा पोषक तत्व मिलाउने

आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै सरकारले अब चामलमा थप सूक्ष्म पोषक तत्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । यसका लागि सरकारले कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य, कृषि र उद्योग मन्त्रालयको सहकार्यमा चामलमा ‘फोटिफिकेसन’ अर्थात् सूक्ष्म पोषक तत्व मिलाएर उपयोगमा ल्याउने तयारी भइरहेको हो ।

चामलको फोटिफिकेसनबारे सोमबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको पोषक एवं सूक्ष्म पोषक तत्त्वसम्बन्धी कुपोषण कम गर्न नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । दुई दिने कार्यक्रम राष्ट्र्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा बाल स्वास्थ्य महाशाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य संस्थानले गरेका हुन् । ‘५ वर्षमुनिका ३६ प्रतिशत बालबालिका कुपोषणले गर्दा पुडको छन, महिला तथा बालबालिकामा रक्त अल्पताको स्थिति बढदो छ,’ बाल स्वास्थ्य महाशाखा, पोषण शाखाका प्रमुख राजकुमार पोखरेलले भने, ‘यही उमेरका बालबालिकामा कुपोषणले गर्दा मृत्युदरसमेत बढी देखिएको छ ।’ ‘हामीले खाइरहेका छौं, पेट भरिरहेका छौं तर हाम्रो शरीरमा पोषक तत्त्वको कमी छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्ण वस्तीले भने, ‘खाद्य पदार्थको फोटिफिकेसन  जनसंख्यामा पोषक तत्वको  उपयोग बढाउन प्रभावकारी मात्र नभई लागतप्रभावी हस्तक्षेप आवश्यक छ ।’ महानिर्देशक कर्णका अनुसार आवश्यक भिटामिन, खनिज लगायतका सूक्ष्म पोषक तत्त्वलाई चामलजस्तो बढी उपयोग गरिने खाद्य पदार्थमा अल्पमात्रामा मिसाउँदा उपभोक्ताको खानपानको व्यवहारसमेत परिवर्तन नभई पोषक तत्त्व पनि पुग्छ । ‘उचित रूपमा विज्ञानसम्मत प्रक्रियाले गरिएको यस्तो प्रयासले समुदायमा देखिएको पोषक तत्त्वसम्बन्धी कमी हटाउन प्रभावकारी भूमिका खेल्न सक्छ,’ उनले भने ।

आयोडिनको कमी एकताका जनस्वास्थ्य समस्याकै रूपमा देखिएको भए पनि सन् २००५ यता नेपालमा गलगाँडको कुनै नयाँ केस देखिएको छैन । महाशाखाको पोषण शाखा प्रमुख पोखरेल भन्छन, ‘यो सफलता नुनमा आयोडिन मिसाएर वितरण गर्दा भएको हो भने कुपोषणसँग जुध्न चामल वा अन्य वस्तुमा पोषक तत्त्व मिसाएर उपयोग गर्ने प्रक्रियालाई बढावा दिनुको विकल्प छैन ।’ तर सबै नेपालीले एकै प्रकारको चामल नखाने लगायतका कुराम समेत ध्यान लिएर अधिकतम प्रभाव पार्ने गरी चामलको फोटिफिकेसन प्रक्रिया अगाडि बढाउनुपर्ने महाशाखाका निर्देशक डा.विकास लामिछाने बताउँछन् । फोर्टिफाइड चामलमा स्थिति हेरेर ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म चामल जस्तै देखिने सूक्ष्म पोषक तत्त्व भएको खाद्य पदार्थ मिसाइएको हुन्छ । आम जनसंख्या वा कुनै खास लक्षित जनसंख्यामा देखिएको पोषक तत्त्वको कमीलाई पूरा गर्न सैद्घान्तिक रूपमा कुनै भिटामिन र खनिजको कुनै पनि संयोजनलाई चामलमा थप्न सकिन्छ ।  चामलमा हालसम्म पानीमा घुल्ने भिटामिन बी १ (थाइमिन), बी ३ (नियासिन), फलिक एसिड, बी १२, बी ६ र सी एवं बोसोमा घुल्ने भिटामिन ए, ई र डी सफलतापूर्वक हालिएका छन् । यस्तै, मिनरलअन्तर्गत आइरन, जिंक, सेलिनियम एवं क्याल्सियम तथा वेटा क्यारोटिन, लाइजिन, फाइवरजस्ता पोषक तत्व पनि मिसाइएका छन् । ( आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ प्रभावकारी 
Next article कसरी बढ्छ यौन इच्छा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web