• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ प्रभावकारी 

December 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ प्रभावकारी 

हेल्थ टुडे, स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महासाखाले वाटर एड यूकेको सहयोगमा चार जिल्लामा सञ्चालन गरेको नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ कार्यक्रम सफल भएको निश्कर्ष निकाल्दै विज्ञहरुले यसलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन् । आफ्ना नानीहरुलाई नियमित खोप लगाउन खोप केन्द्रमा आउने आमाहरुलाई महिला स्वास्थ्य स्वयं सेविका मार्फत स्तनपान, स्वास्थ्य र सरसफाई सम्बन्धी ज्ञान दिएर व्यवहार परिवर्तन गर्ने उद्देश्यका साथ नवलपरासी, बर्दिया, म्याग्दी र जाजरकोटमा पाइलट प्रोजेक्टका रुपमा यो कार्यक्रम सुरु गरिएको थियो । स्वास्थ्य र सरसफाईका बिषयमा व्यवहार परिवर्तनमा कार्यक्रम सफल देखिएकाले यसलाई थप प्रभावकारी बनाउदै सबै जिल्लामा लागु पर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । राजधानीमा सोमबार आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोजेन्द्र पन्तले बालस्वास्थ्यले पाइलट प्रोजेक्टको रुपमा चार जिल्लामा सञ्चालन गरेको हाइजिन प्रमोसन कार्यक्रम सफल रहेको दाबी गर्दै यसले हरेक आमाको सरसफाई सम्बन्धी व्यवहार परिवर्तनमा ठूलो परिवर्तन ल्याएको पाइएकाले देश भरि नै लागु गर्नु पर्ने बताए । उनले भने, ‘ खोप र सरसफाईका कुरा एकैसाथ लैजान सकिने भएकाले यस कार्यक्रमलाई स्थानिय सरकारले  देशैभरि निरन्तरता दिनु पर्छ । ’

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिल प्याकुरेलले कार्यक्रमले महिला स्वयं सेविकाको क्षमता अभिवृदिसँगै स्वस्थ्य समाज निर्माणमा ठूलो सहयोग गर्ने देखिएकाले यसलाई सबै जिल्लामा बिस्तार गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा वाल स्वास्थ्य महासाखाका निर्देशक डा. विकाश लामिछानेले खोप लगाउन आएका आमाहरुलाई स्वास्थ्य र सरसफाईका बिषयमा जानकारी दिएर व्यवहार परिवर्तन गर्ने कार्यक्रम अनुगमन र मूल्यांकनमा पनि प्रभावकारी पाइएकोले यसलाई निरन्तरता दिनु पर्ने बताए । नियमित खोप र हाइजिन प्रमोसनसँगै कुपोषण सम्बन्धी कार्यक्रम पनि एकिकृत गरेर लैजान सके अझ यसको प्रभावकारिता बढ्नेमा डा. लामिछानेले जोड दिए । सरकारले गत वर्ष एक करोड १० लाख यो कार्यक्रममा लागि बिनियोजन गरेको जानकारी दिदै यो कार्यक्रममा अन्य सहयोग वाटर एड् युकेको रहेको जानकारी उनले दिए । कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै वाटर एड युकेमा सिनियर वास म्यानेजर डा. ओमप्रसाद गौतमले प्रगति बिवरण प्रस्तुत गर्दै सरसफाईलाई ध्यान दिइएन भने खोपले पनि प्रभावकारी ढंगले काम नगर्ने कुरालाई ध्यानमा राखेर यसलाई देशभरि नै लागु गर्ने आवश्यकता रहेको बताए । यो कार्यक्रम देशभरि नै लैजान सके एक बच्चा बराबर थप ६ सय मात्र खर्च लाग्ने देखिएको उनले बताए । नवलपरासीकी महिला स्वास्थ्य स्वयं सेविका शिता शर्माले कार्यक्रम लागु भएका जिल्लाका महिलामा बच्चाको दिसा चर्वीमा फाल्ने बानीको विकास भएको, स्तनपान गराउनेको संख्या बढेको, नियमित खोप लगाउने बच्चाको संख्या बढेको र सरसफाईमा सुधार भएको अनुभव सुनाइन । बाल स्वास्थ्य महासाखाका पूर्व निर्देशक डा. श्याम उप्रेतिले थोरै लगानीमा धेरै प्रतिफल दिने यो कार्यक्रमले निरन्तरता पाउने पर्ने बताए ।  कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले यो कार्यक्रमसँगै पोषण सम्बन्धी कार्यक्रम पनि सँगै लैजान  सके अझ प्रभावकारी हुने सुझाव दिइन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article    महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन
Next article कुपोषण हटाउन अब चामलमा पोषक तत्व मिलाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web