• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनकर्मीका सम्पर्क स्थान 

December 20th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनकर्मीका सम्पर्क स्थान 

सन्ध्या केसी,

राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट)  र मोबाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले काठमाडौंमा  २७ हजार यौनकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महँगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मीको कमाइ महिनामा कम्तीमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरेमात्र उनीहरू व्यवसायमा जान्छन् ।  उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरू थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाखदेखि डेढ लाख आसपास हुन्छ ।

तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मीको उमेर, सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले योभन्दा बढी पनि कमाउँछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् । उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हँुदैन ।  घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । उमेर ढल्कँदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरैजसो प्रौढ यौनकर्मीमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिँदै गएपछि उनीहरूको कमाइको स्रोत घट्दै जाने हुनाले उनीहरूलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

कोहीकोही त  युवायुवतीको बिचौलिया बनेर राम्रै कमाइ पनि गर्छन् ।  राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मीका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ? यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन । उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरूले भविष्यका लागि बचत गर्ने गरेका छन् । ढकाल भन्छिन्, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ । आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछोरीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउँछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अँगाल्ने युवतीको संख्या बढ्दै गइरहेको विजया बताउँछिन् । सहरमा हाइफाई जीवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाइका लागि भनेर पठाएको सीमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरू यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाइ छ । राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हाले पनि न्यूनतम तलबले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रूपमा उनीहरूले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले ग्राहक फेर्दै नहिने यौन व्यवसायी सुरक्षित छन् ।

एचआईभी, एड्स लगायत यौन संक्रमणको सिकार उनीहरु कम हुने गरिएको पाइएको छ । एचआईभी नियन्त्रण केन्द्रका पूर्व निर्देशक डा. तरुण पौडेल एचआईभीको जोखिममा नपढेका र विपन्न अवस्थाका कारण यो पेसामा लागेमा महिला यौन व्यवसायी बढी असुरक्षित रहेको बताउछन् । बसपार्कलाई कार्यथलो बनाइरहेकी एक अधबंैसे यौनकर्मीले भनिन्, यो समाजले सधैं हामीलाई नराम्रो दृष्टिले मात्र हेर्छ । हाम्रो विवशता कहिल्यै बुझ्ने प्रयाससम्म गर्दैन । उसले आफूले कमाएको सबै परिवारमा लगानी गरेको हुन्छ । उनका अनुसार यौनकर्मी महिलाले आफूले कमाएको पैसाले फजुल खर्च गर्दैनन् । सौन्दर्य प्रशाधनका समान किन्नु परे ग्राहकबाट किन्न लगाउँछन् । मीठो खान मन लागे उसैबाट किन्न लगाउँछन् । आफूले कमाएको पैसा फजुल खर्च गर्ने एकदमै कम हुन्छन् । कसैकसैले यसै व्यवसायबाट काठमाडौंमा घर र गाडी पनि जोडेको उनी सुनाउँछिन् । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसँग विदेशबाट गिफ्टसमेत मगाउँछन् । धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउँछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् । तर बुढेसकालमा कसैगरी त्यो कुरा छोराछोरीले थाहा पाएपछि उनीहरूले त्यो विवशता बुझ्दैनन् । सीधै हेलाँ गर्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४० नपुग्दै महिनावारी बन्द भयो भने .....   
Next article स्वास्थ्य क्षेत्र र औषधिको अन्तरसम्बन्ध

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web