डा. खेम कार्की
मानव शरीरमा भएको जुनसुकै कोषमा धागोजस्ता क्रोमोजोम भन्ने विशेष किसिमको पदार्थ हुन्छ । यी क्रोमोजोमले गर्दा मानिसमा जैविक ( वंशाणुगत) गुणहरू कायम हुन्छन् । आमाबुबाका जैविक गुणहरू उनीहरूबाट जन्मिने सन्ततिमा सर्छन् । यस्ता क्रोमोजोमहरू २३ जोर हुने गर्छन् ।
जसमध्ये २३ औं जोर क्रोमोजोममा हुने एक्स तथा वाई तत्वहरू बच्चाको लिंग निर्धारणसँग सम्बन्धित हुन्छन् । महिला कोषको २३ औं क्रोमोजोमको दुवै धागोमा (एक्सएक्स) तत्वमात्र रहेको हुन्छ भने पुरुषको कोषको २३ औं जोर क्रोमोजोमको दुवै धागोमध्ये एउटामा एक्स तथा अर्कोमा वाई तत्व रहेको हुन्छ । जब यौन सम्पर्क हुन्छ, महिलाको योनीमा वीर्यसँगै थुप्रै शुक्रकिटहरू झर्दछन् । यसरी झरेका शुक्रकिटहरूमध्ये यदि महिलाको डिम्बको एक्स क्रोमोजोम पुरुषको वाई क्रोमोजोमसँग मिलन हुन पुगेमा जन्मिने बच्चा छोरा (एक्सवाई) हुन्छ । र यदि पुरुषको एक्स क्रोमोजोमसँग मिलन भएमा जन्मने बच्चा छोरी (एक्सएक्स) हुन्छिन् ।
यसरी बच्चाको लिंग निर्धारण यौन सम्पर्कको बेला पुरुषको बीर्यमा भएको शुक्रकिटको कुनचाहिँ क्रोमोजोम एक्स वा वाईको डिम्बसँग हुने भेट हुन पुग्छ भन्ने कुरामा निर्भर रहन्छ ।
Leave a Reply