• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प

December 23rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प

हेल्थ टुडे,

काठमाडौं ८  पुष : व्यवस्थापनले आफूहरुका माग सुनवाई नगरेको भन्दै ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा कार्यरत नर्स सहित कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किएपछि त्यहाँको ओपिडी सेवा ठप्प भएको छ । समय अनुसार तवल भत्ता वृद्वि हुनु पर्ने, औषधि उपचारको व्यवस्था हुनु पर्ने, जोखिम भत्ता पाउनु पर्ने र ठेकेदारमार्फत कर्मचारी भर्ना गर्ने प्रथा बन्द हुनु पर्ने लगायतका १५ बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकै कारण अस्पतालको ओपिडी सेवा र प्रशासन बन्द भएको छ । माग सम्बोधनका बिषयमा आन्दोलनरत पक्ष र कलेज प्रशासनबिच ठोस वार्ता हुन सकिरहेको छैन् । दुई वर्ष पहिले भएको सहमती अनुसार सेवा सुविधा बढाउने तर्फ प्रशासनले कुनै चासो नदिएकोले आन्दोलनमा उत्रिनु परेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ किस्ट मेडिकल कलेज इकाईका अध्यक्ष रुपेश केसीले बताए ।

अस्पतालको ओपिडी सेवा बन्द भए पछि उपचारका लागि अस्पताल पुगेका बिरामी बिना उपचार फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने सरकारले मेडिकल कलेजको सिट संख्या घटाउदै लगेपछि तलव सुविधा बढाउन नसकिएको बताएको छ । एक सय ५० सिट एमविविएस पढाई हुने कलेजको सिट संख्या बर्षेनी घटाएर यो वर्ष ९० मा झारेपछि आम्दानी घटेका कारण सुविधा बढाउन नसकिएको अस्पतालका वरिष्ठ प्रशासक अक्षय गौतमले बताए । डा. गोविन्द केसीको आन्दोलनका कारण सरकारले मेडिकल कलेजको सिट सय भन्दा बढी तोक्न नपाउने नियम बनाएको छ । ‘सरकारले १५० सिट पढाउन पाउने निमय बनाएपछि मात्र कर्मचारीको सेवा सुविधा बढाउन सकिन्छ, अन्यथा सकिदैन, गौतमले भने ।  कर्मचारी भने आफ्ना काम पुरा नभए आन्दोलन नरोक्ने अडानमा छन् । किष्टमा प्राध्यापक, चिकित्सक, नर्स र कर्मचारी गरि करिव ४ सय जना कार्यरत छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शुक्रबार कण्डमको विक्री दोब्बर किन ?
Next article डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web