• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प

December 23rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प

हेल्थ टुडे,

काठमाडौं ८  पुष : व्यवस्थापनले आफूहरुका माग सुनवाई नगरेको भन्दै ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा कार्यरत नर्स सहित कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किएपछि त्यहाँको ओपिडी सेवा ठप्प भएको छ । समय अनुसार तवल भत्ता वृद्वि हुनु पर्ने, औषधि उपचारको व्यवस्था हुनु पर्ने, जोखिम भत्ता पाउनु पर्ने र ठेकेदारमार्फत कर्मचारी भर्ना गर्ने प्रथा बन्द हुनु पर्ने लगायतका १५ बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकै कारण अस्पतालको ओपिडी सेवा र प्रशासन बन्द भएको छ । माग सम्बोधनका बिषयमा आन्दोलनरत पक्ष र कलेज प्रशासनबिच ठोस वार्ता हुन सकिरहेको छैन् । दुई वर्ष पहिले भएको सहमती अनुसार सेवा सुविधा बढाउने तर्फ प्रशासनले कुनै चासो नदिएकोले आन्दोलनमा उत्रिनु परेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ किस्ट मेडिकल कलेज इकाईका अध्यक्ष रुपेश केसीले बताए ।

अस्पतालको ओपिडी सेवा बन्द भए पछि उपचारका लागि अस्पताल पुगेका बिरामी बिना उपचार फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने सरकारले मेडिकल कलेजको सिट संख्या घटाउदै लगेपछि तलव सुविधा बढाउन नसकिएको बताएको छ । एक सय ५० सिट एमविविएस पढाई हुने कलेजको सिट संख्या बर्षेनी घटाएर यो वर्ष ९० मा झारेपछि आम्दानी घटेका कारण सुविधा बढाउन नसकिएको अस्पतालका वरिष्ठ प्रशासक अक्षय गौतमले बताए । डा. गोविन्द केसीको आन्दोलनका कारण सरकारले मेडिकल कलेजको सिट सय भन्दा बढी तोक्न नपाउने नियम बनाएको छ । ‘सरकारले १५० सिट पढाउन पाउने निमय बनाएपछि मात्र कर्मचारीको सेवा सुविधा बढाउन सकिन्छ, अन्यथा सकिदैन, गौतमले भने ।  कर्मचारी भने आफ्ना काम पुरा नभए आन्दोलन नरोक्ने अडानमा छन् । किष्टमा प्राध्यापक, चिकित्सक, नर्स र कर्मचारी गरि करिव ४ सय जना कार्यरत छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख
Next article शुक्रबार कण्डमको विक्री दोब्बर किन ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web