• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जानी राखौं किन चिलाउँछ योनी

December 24th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जानी राखौं किन चिलाउँछ योनी

प्रायः सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।

योनि चिलाउने कारणहरु

  •  तनाव : सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनि चलाउँछ ।
  •  संक्रमण : योनिमा  इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । इन्फेक्सन हुँदा योनि वरिपरि सेतो दहि जस्तो ढुसि जम्मा हुन थाल्दछ जसको कारण योनि चिलाउँछ । जथाभावि यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई  इन्फेक्सन हुने सम्भवना हुन्छ ।  इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।
  • सुख्खा छाला : सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनि वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।
  • यौन संक्रमण : धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभै योनि चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनिमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनि चिलाउने समस्या हुन सक्छ ।

 घरेलु विधि अपनाएर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

  •  सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा गर्नुहोस् । यदि धेरै जनासँग यौन सम्पर्कले यो समस्या भएको हो भने सबै भन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस ।
  • कुनै रसायनिक पदर्थको प्रयोगबाट जस्तै पर्फुमको प्रयोगले भो भने सो प्रयोग बन्द गर्नुहोस ।
  • बास्नादार तावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस ।
  • सुतिको पेन्टि मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टि नलगाउनुहोस ।
  • चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्नुहोस । राख्नै परे कन्डमको प्रयोग गर्नुहोस् ।
  • योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने जेलिको प्रयोग गर्नुहोस । अब एउटा युवतीको भनाइ यस्तो छ हेर्नको लागि यहाँ

योनीको दश रोचक तथ्य

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।

महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ ।

योनी बारेका १० रोचक तथ्य यस्ता छन् ।

  • योनीको औषत आकार ३—४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
  • योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
  • एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ । ४। योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
  • योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
  • योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
  • गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।
  • योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
  • गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
  • योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै
Next article युनिसेफद्वारा दुई स्वास्थ्यचौकी भवन हस्तान्तरण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131911
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web