• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

March 31st, 2014 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समान्य नहुनसक्छ रुघाखोकी

भाइरस सजिलै चारैतिर फैलनसक्ने भएकोले रुघाखोकी, नाकबाट सिंगान बग्नु, हाछ्यू हुनु,घा“टी दुख्नु जस्ता समस्या सबैजसोले भोग्ने गरेका छौ । रुघाखोकी लागेकोलाई सामान्य विरामीको रुपमा लिइन्छ तर यो थुप्रै करिव २ सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा भाइरसद्वारा हुने संक्रामक सरुवा रोग हो । भाइरसको एकपटकको आक्रमणले छोटो समयको लागि इम्युनिटी दिन्छ तर हरेक पटक नया“ भाईरसको संक्रमण ह¬न्छ ।
तिब्रताका साथ संक्रमण फैलिने हुनाले विकसित मुलुकमा कतिपय अन्य सरुवा रोगभन्दा पनि यो रोगलाई खतरनाक मान्छन् तर हाम्रो मुलुकमा अशिक्षा, अज्ञानता तथा स्वास्थ्य सम्बन्धी चेतनाको कमिले गर्दा यसलाई सहज रुपले लिने गरिएकाले एक व्यक्तिबाट अर्को व्यक्ति तथा एउटै परिवारका समस्त सदस्यलाई एकै पटक आक्रान्त पारेको र जटिलता ल्याएको देखिन्छ ।

अमेरिकन लङ्स एसोसियसनका अन¬सार स्क¬ल जाने र प्राथमिक कÔामा पढ्ने बच्चामा ३ देखि १२ पटक प्रति बर्È र किशोरावस्था र यौवनावस्थामा वर्षेनी २—४ पटकसम्म संक्रमित हुन्छन् । एलर्जी संघको तथ्यांकमा २० देखी ३० बर्È उमेर सम¬हमा बालवालिकाको निरन्तर सम्पर्कका कारण प¬रुÈमा भन्दा महिलामा बढी संक्रमण ह¬न्छ । अमेरीकामा अस्पताल पुग्ने सवैभन्दा बढी अस्पताल पुग्नेमा रुघाखोकीका हुन्छन ।
प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले तथा भाइरस हावामा हुने भएकोले ज्यादा भिडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्ने संभावना हुन्छ । विरामीले खोक्दा, बोल्दा, हाछ्युँ गर्दा लाखौं विषाणु हावामा पैmलिन्छन् अन्य मानिसले स्वास लिंदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्दछ । विषाणुले अनुकुल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखाउँछ ।
किन लाग्छ रुघाखोकी ?
— रुघाखोकी कमजोर, प्रतिरोधात्मक शक्ति भएकोमा मात्र लाग्दछ ।
— रुघाखोकी चिसोस“ग लड्नका लागि हुने भएकोले उपचार गर्नु हु“दैन ।
— रुघाखोकीमा दूध पिउ“दा सिंगान बढी र बाक्लो आउ“छ ।
— धेरै अमिलो र भिटामिन सी रुघाखोकीका लागि राम्रो हो ।
— रुघाखोकीको लागि औषधि भन्दा जडिबुटी उत्तम हुन्छ ।
— धु्रमपान, मद्यपान, तातो सुप, ब्राण्डीले रुघाखोकी निको पार्दछ । जस्ता अनगिन्ती मान्यता तथा बिश्वास हामीकहा बिद्यमान छन ।

लक्षणहरू
रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलोस“ग कुनै पनि उमेर तथा लिंगका धनी र गरिबलाई नछुटाई फैलिन्छ । यो रोगले खासगरी ५ वर्षमुनिका बच्चा र ४५–५० वर्ष माथिका उमेर समूहलाई बढी नकारात्मक असर पार्दछ ।
विषाणुको संक्रमण भएको केही घण्टादेखि १–२ दिनमै लक्षण देखिन्छ ।नाकबाट पानी जस्तो पातलो सिँगान बग्छ, हाच्छूँ लागिरहन्छ (नाक सनसनाउछ)। आँखा रसिलो भई आँशु बगिराख्छ ।वाकवाकी लाग्ने, बान्ता हुने, सुख्खा खोकी लाग्छ । छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकोले श्वास फेर्न गाह«ो हुन्छ ।थुक, पानी पिउन, निल्न पनि गाह«ो हुन्छ ।शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भइ दुख्छ । विशेष गरी नवजात शिशु र बालबालिकामा धेरै ज्वरो आउँछ, जिउ दुख्छ, कान बन्द हुन्छ ।घाँटीमा खसखस गरी खोकी लागिरहन्छ (घाँटी खसखसाउने, कोक्याउने गर्छ )।नाक बन्द हुन्छ, स्वाद र सुघ्ने क्षमतामा कमी आउ“छ । चुरोट खानेमा कडा लक्षण देखिन्छ भने चिसो याममा बढी र बालबालिका, वृद्ध तथा शारीरिक रुपले असक्तहरुमा लामो समय सम्म रहन सक्छ ।
जटिलता नभएमा ३–५ दिनमा लक्षणहरू कम भएर जान्छन् । बढी जोखिमपूर्ण समूहमा बेलैमा उपचार नगरे मृत्यु पनि हुन सक्छ ।
जटिलता
इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वास प्रश्वास सम्बन्धी सामान्य संक्रमण गराउने भएपनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङ्कोलाइटिस, ब्रोङ्कोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया,नाकको भित्री भागको श्लेष्मीक सुन्निनु(राइनाइटिस),साइनाइटीस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया),ब्याक्टेरियल संक्रमण, टकसीक कार्डियोमायोप्याथी,इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्यूरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । जा“डो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएको छ । त्यसकारण रुघा एक सामान्य रोग भएता पनि हेलचेत्र्mयाइँ गर्दा अन्य ठूलो रोगहरूको कारक बन्न सक्दछ ।
रोकथाम
रुघाखोकीको वैकल्पिक चिकित्सा उपायहरू थुप्रै छन् । हुन त रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन खासै उपचार छैन त्यसैले भनिन्छ भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७–१४ दिनमा निको हुन्छ । तर यसका नकारात्मक असर कम गर्न थप संक्रमण र जटिलता रोक्न विदेशमा एण्टीभाइरल औषधिको प्रयोग, रोग विरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ तर नेपालमा महंगा औषधि र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकोले लक्षण अनुसार र संक्रमणको अवस्था सिर्जना हुन नदिन उपचार गर्ने गरिन्छ । रोगीको नाक मुखबाट उत्सर्जित थुक, खकार, सिंगान जथाभावी नफाल्ने, रोगीको सम्पर्कमा जा“दा नाक र मुख छोप्ने, संक्रमितले खोक्दा, हाछ“यू गर्दा रुमालले आफ्नो नाक र मुख छोप्ने रोगीले नाक, मुख पुछ्न प्रयोग गरेका वस्त्रहरु विसक्रमण नगरी अरुले प्रयोग नगर्ने, संक्रमितस“ग हात मिलाएपछि र सामान चलाएपछि तथा खाना खान¬पूर्ब साबुन पानीले हात धुने गरी रोकथाम गर्नसकिन्छ ।

डा.प्रकाश बुढाथोकी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघर खस्ने समस्या

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133605
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web