• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब नौ महिनामै क्षयरोगको उपचार

December 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब नौ महिनामै क्षयरोगको उपचार

 

भक्तपुर, १३ पुस :  राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटिआर) शुभारम्भ गरेको छ । यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले सन् २०१८ को जनवरी १६ देखि एसटिआर उपचार विधि अपनाउने भएको हो ।

एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले आज केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको हुने छ । डा केसीले पहिलो चरणमा सुईसहित छ प्रकारका औषधि र दोस्रो चरणमा चार प्रकारका औषधि प्रयोग गरिने बताउनुभयो । यो विधि हाललाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिने जनाइएको छ । केन्द्रले नौमहिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ ।

साविकमा क्षयरोगीलाई बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएकामा धेरै औषधिको मिश्रण गरेर २० देखि २४ महिनासम्म उपचार गर्नुपर्दा औषधिको नकारात्मक प्रभाव, औषधिले उत्पन्न गर्ने विषाक्तता, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा पर्न आउने कठिनाइसमेतलाई ध्यानमा राखेर एसटिआर विधि उपयोगमा ल्याइएको डा केसीले बताउनुभयो । यो विधि अपनाउने नेपाल विश्वको ३५औँ मुलुक हो । केन्द्रले सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने योजनानुसार पहिलो पटक बृहत् रुपमा क्षयरोगको प्रारम्भिक सर्वेक्षण गर्न लागेको छ । क्षयरोगको वर्तमान अवस्था, थपिने नयाँ क्षयरोगीको संख्या र यसले समाजमा पारेको प्रभाव तथा यसबाट जनस्वास्थ्यमा देखापर्ने चुनौतीका विषयमा थप जानकारी र वास्तविक तथ्यको गहिराइसम्म पुग्ने उद्देश्यले सर्वेक्षण गर्न लागिएको डा केसीले भन्नुभयो । देशभरका हिमाल, पहाड र तराई समेट्ने गरी ५५ जिल्लाका ९९ समूहका करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरदैलोमा पुगी अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणका माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गरिने सर्वेक्षणका लागि आवश्यक प्रारम्भिक परीक्षण र अभिमुखीकरणलगायत कार्य सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।

डा केसीले नेपाललाई क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत अल्पकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजनासहित प्राथमिकताका क्षेत्र निर्धारण गरी राष्ट्रिय रणनीतिक योजना, २०१६–२०२१ समेत तयार गरी प्रकाशन गरिसकिएको जानकारी दिनुभयो । (रासस)

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article श्रीमानको औला काटेर पोलेर खाने रिस 
Next article डा. गौतम पुन : प्रसूति गृहको निर्देशक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web