• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा पनि हुनसक्छ फुड पोइजनिङ

December 30th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा पनि हुनसक्छ फुड पोइजनिङ

सुमन उपाध्याय
गर्मी मौसममा मात्र नभएर जाडो मौषममा पनि फुड पोइजनिङ हुन्छ । तर तुलनात्मक रुपमा गर्मीमा बढी हुन्छ । अधिकांश रोगका जीवाणुहरू २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा वृद्धि हुन्छन् । यो मौसममा हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ । त्यसैले गर्मीमा ठिक्क मात्रामा खाना पकाउनु र धेरै समय बाँकी नराख्नु उपयुक्त हुन्छ । तर जाडोमा पनि यो समस्या देखिन्छ । यो समस्या देखिनुको प्रमुख कारण खानपान हो ।
हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ । यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ ।
प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ । यसरी समूहमा खाँदा एक वा केही व्यक्तिहरूमा यो समस्या देखा पर्न सक्छ । कतिपय खानाको विषाक्तताका लक्ष्यहरू सामान्य मात्रामा देखिन र छिटो निको हुने भएकोले खानाको विषाक्तता भएको थाहा नहुने गर्दछ । खानाको विषाक्तता गराउने कारणलाई मुख्य दुई भागमा विभाजित गरिएको छ र ती निम्न प्रकारका हुन् ।
(क) इन्फेक्सिइस एजेन्ट स् यसअन्तर्गत भाइरस, ब्याक्टेरिया र परजीवीहरूले गराउने खानाको विषाक्तता पर्दछ ।
ख) टोक्सिक एजेन्ट स् यसअन्तर्गत विषालु च्याउ, राम्ररी नपाकेको खानेकुराहरू अथवा फलफूल तथा तरकारीमा हुने विषादीहरूले गराउने खानाको विषाक्तता पर्दछ ।
खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ ।
खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ ।
क) मासु प्रशोधन गर्दा इन्टेस्टिनल ब्याक्टेरियाको प्रवेश हुन सक्छ
ख) खेतीबारी तथा सिँचाइको लागि प्रयोग भएको पानीमा जैविक मल मिसिएको हुन सक्छ, जसले गर्दा पानी प्रदूषित हुन सक्छ ।
ग) खानेकुराहरू सही तरिकाले नराख्दा वा नबनाउँदा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ ।

किन हुन्छ फुड पोइजनिङ

क) राम्रोसँग हात नधोई खाना बनाएमा,
ख) खाना बनाउँदा प्रयोग हुने सामानहरू सफा नभएमा,
ग) लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,
घ) प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,
ङ) राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,
च) राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,
छ) इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।

विशेषगरी गर्भवती वा दूध खुवाउने आमाहरूले खानाको विषाक्तताको रोकथाम गर्नुपर्दछ । खानाको विषाक्तताको जोखिम प्रायः बूढाबूढी र बच्चाहरूमा हुने गर्दछ । यदि हामीमा गम्भीर स्वास्थ्यस्थिति जस्तैः मिर्गौलासम्बन्धी रोग, मधुमेह र कम प्रतिरोधात्मक क्षमता छ भने खानाको विषाक्तताको जोखिम हामीमा पनि हुन सक्छ ।

उपचार

प्रायजसो खानाको विषाक्तता दुई दिनपछि निको हुने गर्दछ । उपचारको मुख्य उद्देश्य शरीरमा पानीको मात्रा कम हुन नदिनु हो । दिसा हुन्जेल ठोस खानेकुराहरू नखाने, दुग्ध पदार्थहरूबाहेक अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने, बच्चाहरूलाई जीवनजल खुवाउने, यदि विषादी खानेकुराहरू (च्याउ÷माछा) खाइएको छ भने तुरुन्त चिकित्सालाई देखाउनुपर्दछ । चिकित्सकले विभिन्न उपायहरू अपनाएर शरीरमा भएको विषादीलाई तुरुन्त बाहिर निकाल्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनसम्पर्क गर्नाले डन्डीफोर कम हुन्छ ?
Next article कैलालीमा अवैध औषधि पसल सञ्चालक पक्राउ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web