• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

January 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

बैतडी, २२ पुस: बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् ।सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४२५ जना सदस्य आबद्ध भएका हुन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा ७०१ परिवारका तीन हजार ४२५ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक जनक साउँदले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाबापत रु १८ लाख सात हजार ७६५ योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म ९२७ जनाले उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ ।

स्वास्थ्य बीमा बिरामी हेरचाहबापत जिल्ला अस्पताल बैतडीले एक लाख ९५ हजार ३६०, पाटन प्राथमिक स्वास्थ्य केन्द्रले ८५ हजार ४३३, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले १८ हजार ६९२, गोकुलेश्वर अस्पताल दार्चुलाले १३ हजार ८०८ र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराले दुई लाख बढी दाबी भुक्तानी रकम पाएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएकालाई धनगढी, कोहलपुर, काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

गत वर्ष स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बनेका परिवार नवीकरण म्याद समाप्त हुन लागेकाले नवीकरण गर्न अनुरोधसमेत गरिएको छ । नवीकरण नगर्ने सदस्यको स्वतः म्याद समाप्त भई सदस्य रद्द हुने जनाएको छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन् ।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । प्रदेश नं ७ का बैतडी, अछाम र कैलालीसहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

गरिब नागरिकका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भएकाले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् केपी ओलीका छोराछोरी !
Next article सरोगेसी सेवालाई प्रतिबन्ध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web