• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यी हुन् केपी ओलीका छोराछोरी !

January 7th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् केपी ओलीका छोराछोरी !

हेल्थ टुडे,

आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान जन्मेका छैनन् । केपी दम्पती भक्तपुरको बालकोटमा बस्छन । उनीहरुले अर्पण र अभिलाषालाई नै आफ्ना छोराछोरी ठान्ने गरेका छन् । केपी दम्पतीकालागि उसै पनि अर्पण र अभिलाषा धेरै टाढाका सन्तान होइनन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । उनीहरुबिचको पारिवारिक सम्बन्ध प्रगाढ छ ।

अन्जन ओली तिनै भाई बुहारी हुन् जसले केपी ओलीलाई आफ्नो मिर्गौला दान दिएकी थिइन् । समान्य आर्थिक अवस्था भएको तारा र अन्जनको परिवारलाई गाह्रो साह्रो परेको बेला केपी ओलीले सहयोग गर्दै आएका छन् । अर्पण र अभिलाषालाई केपी ओली दम्पतीले आफ्नै छोराछोरी ठानेर व्यवहार गर्ने गरेको अन्जन सुनाउछिन । दुबै बोर्डिङ स्कुल पढ्छन् । उनीहरुको पढाई लेखाईको खर्च सबै जेठाजू (केपी ओली) ले तिर्ने गरेका छन् । अन्जनले भनिन, ‘अर्पण र अभिलाषालाई तिमीहरूले जन्मायौं, छोराछोरी मेरा हुन भन्नुहुन्छ ।’  चितवनको घिमिरे परिवारकी छोरी अन्जन घिमिरे झापाका तारा ओलीसँग विवाह गरेपछि ओली परिवारकी बुहारी बनेकी थिइन । जेठाजूलाई मिर्गौला प्रत्यारोपण गराउनु पर्दा अन्जन मिर्गौला दान गर्न तयार भएकी थिइन । केपीलाई मिर्गौला दान गरेपछि ओली परिवारमा उनलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन । मिर्गौला दान गर्ने बेला अन्जनको उमेर २१ बर्ष थियो । केपी ओलीको २०६४ साल असारमा नयाँ दिल्लीस्थित अपोलो अस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जनले मिर्गौला दान गर्ने बेला अर्पण १५ महिनाका थिए भने अभिलाषा पछि जन्मेकी हुन । आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी छन ।

केपी भन्छन, ‘अन्जनले मिर्गौला दान नदिएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला ।’  तारा र अन्जन दम्पती काठमाडौंको गुह्येश्वरी पारि  भाडाको कोठामा बस्छिन् । उनीहरु समान्य व्यापार र जागिर गर्छन । सामान्य घरायसी जीवन बिताइरहेका छन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजू ( केपी ) लाई यो या त्यो मागिनन् । उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । ‘कुनै रोग , समस्या नभनी लुकायो भने जेठाजूले झपार्नुहुन्छ’, अन्जनले भनिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै
Next article के ट्रम्पलाई मानसिक समस्या छ ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web