• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भाइरलबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भाइरलबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

जाजरकोट, २३ पुस: जुनिचाँदे गाउँपालिकामा आइतबारसम्म रुघाखोकी र ज्वरोका ४०० बिरामीको उपचार गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा आज २५० भन्दा बढी बिरामीको उपचार गरेको छ । जुनिचाँदेमा दुई सातादेखि रुघाखोकी र ज्वरो फैलिएको थियो । रोग प्रभावित गाउँमा दुई हजारभन्दा बढी बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा पवन शाक्यले बताउनुभयो ।

रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका उहाँले बताउनुभयो । अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्या देखिएको हो । जाडोका कारण अन्य ठाउँमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्नुपर्ने पीडितले माग गरेका छन् । डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ । जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट नौजनाको मृत्यु भएको बताइएको छ । जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

रोग प्रभावित क्षेत्रमा सेनाको टोली

सदरमुकामबाट आज नेपाली सेनाको टोली आज रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरामा औषधि अभाव
Next article नेवि संघद्धारा नि:शुल्क स्वास्थ्य बिमाको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web