• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भाइरलबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भाइरलबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

जाजरकोट, २३ पुस: जुनिचाँदे गाउँपालिकामा आइतबारसम्म रुघाखोकी र ज्वरोका ४०० बिरामीको उपचार गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा आज २५० भन्दा बढी बिरामीको उपचार गरेको छ । जुनिचाँदेमा दुई सातादेखि रुघाखोकी र ज्वरो फैलिएको थियो । रोग प्रभावित गाउँमा दुई हजारभन्दा बढी बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा पवन शाक्यले बताउनुभयो ।

रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका उहाँले बताउनुभयो । अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्या देखिएको हो । जाडोका कारण अन्य ठाउँमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्नुपर्ने पीडितले माग गरेका छन् । डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ । जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट नौजनाको मृत्यु भएको बताइएको छ । जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

रोग प्रभावित क्षेत्रमा सेनाको टोली

सदरमुकामबाट आज नेपाली सेनाको टोली आज रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेवि संघद्धारा नि:शुल्क स्वास्थ्य बिमाको माग
Next article बाजुरामा औषधि अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134484
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web