• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ॐ हस्पिटलमा संवेदनशील शल्यक्रिया सम्पन्न

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ॐ हस्पिटलमा संवेदनशील शल्यक्रिया सम्पन्न

हेल्थ टुडे,

काठमाण्डौ :चावहिलस्थित ओम हस्पिटलमा चिकित्सा क्षेत्रमा संवदेशनील तथा चुनौतिपूर्ण मानिने Infrarenal aneurysm with dissection  बाट पीडित एक महिलाको सफल शल्यक्रिया गरिएको छ । कार्डियो भास्कुलर सर्जन डाक्टर कजनराज श्रेष्ठ नेतृत्वको टोलीले भोजपुर स्थायी घर भएकी ६० वर्षीया हिरामाया तामाङको सफल शल्यक्रिया गरेको आइतबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । लगातार एक महिना सम्म कम्मर तथा पछिल्लो दुई–तीनदिन देखि पेट दुखेपछि तामाङ उपचारका लागि ओम हस्पिटलमा आउनु भएको थियो । उपचारको क्रममा तामाङको किड्नी मुनिको मुख्य धमनी च्यातिएर ७ सेन्टिमिटर सम्म फुलेको पाइएको पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले जानकारी दिनुभयो । फुलेको उक्त भाग फुटेको भए विरामीको तत्काल मृत्यु हुने थियो । पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठको साथमा तामाङको शल्यक्रियामा प्राध्यापक डाक्टर उत्तमृकष्ण श्रेष्ठ र डाक्टर दिनेश गुरुङ संलग्न रहनु भएको थियो । शल्यक्रियामा ब्यचतब को बिग्रेको भाग ३० सेन्टिमिटर जति काटेर Artificial Graft ले Replacement   गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । शल्यक्रियाका लागि एनेसथेसिया तर्फ डाक्टर श्यामकृष्ण मर्हजनको नेतृत्वमा डाक्टर सुरेन्द्र श्रेष्ठ र डाक्टर सौभाग्यमान मल्ल संलग्न हुनुहुन्थ्यो । सफल शल्यक्रियापछि आइसीयूमा सारिएको बिरामीलाई डाक्टर प्रमेश सुन्दर श्रेष्ठ नेतृत्वको टिमले रेखदेख गरेको थियो ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजालले चिकित्सा क्षेत्रका नयाँ चुनौति तथा उपलब्धीका बारेमा सञ्चार जगतसँग नियमित अन्तरक्रिया गरिने धारणा राख्नु भएको थियो भने प्रबन्ध संचालक बाबु काजी कार्कीले धन्यवाद ज्ञापन गर्दै हस्पिटलको सेवा विस्तार गर्दै लैजाने जानकारी दिनु भएको थियो ।Infrarenal abdominal aortic aneurysm  एक प्रकारको दुर्लभ रोग हो । ब्यचतब अथवा मुख्य रगतको नशा (धमनी) ले मुटुबाट पूर्ण शरीरमा रगत पु¥याउँछ । कुल जनसंख्याको शून्य दशमलव ४ देखि शून्य दशमलव ६ प्रतिशत सम्मलाई यो रोग लाग्ने गर्दछ । ६० वर्ष उमेर पार गरेकालाई यो रोग लाग्ने बढी सम्भावना हुन्छ । चिकित्सा क्षेत्रमा infrarenal aneurysms  भएका एक सय जनामध्ये एक जनालाई मात्र Infrarenal aneurysm with dissection हुने गरेको पाइन्छ । समयमै नै उपयुक्त उपचार नभए मुख्य धमनी फुटेर बिरामीको तत्काल रक्तश्राव भई मृत्यु हुन्छ । पुरुषलाई प्राय हुने यो रोगका बिरामीलाई पेट दुख्ने, कम्मर दुख्ने लगायतका समस्या देखा पर्ने डाक्टर कजनराज श्रेष्ठ बताउनुहुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश
Next article स्वास्थ्य बीमा परिचयपत्र वितरण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134322
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web