हेल्थ टुडे
काठमाडौं : इन्कम्पिटेवल किड्नी ट्रान्सप्लान्ट एण्ड ईन्टरभेन्सनल ग्यास्ट्रोइन्ट्रोजी बिषयमा राजधानीमा अन्तर्राष्ट्रिय स्तरको सिएमई (कन्टिन्यू मेडिकल एजुकेसन) हुने भएको छ । भारतको नारायण हेल्थ र एक्सप्लोर हेल्थ केयर नेपालको सहकार्यमा उक्त सिएमई जनवरी २२ मा राजधानीको एलो प्यागोडा होटेलमा हुने छ । उक्त सिएमईमा नारायण हेल्थ रविन्द्रनाथ टैगोर इन्टरनेशनल इन्स्टिच्युट अफ कार्डियाक साईन्स कलकत्ताका कन्सल्टेन्ट इन्टरभेन्सनल ग्यास्ट्रोइन्टोलोजिस्ट एण्ड हेपाटोलोजिस्ट डा.सन्दीप पल र नेफ्रोलोजिस्ट डा. सर्मिला ठुकराल बिशेष अतिथि वक्ताका रुपमा रहने छन् । सिएमईमा नेपालका दर्जनौ मिर्गौला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ र सरोकारवाला सहभागी हुने एक्सप्लोर हेल्थकेयर नेपालका निर्देशक कृष्ण पाण्डेले जानकारी दिए । दुई देशका चिकित्सकबिच अनुभव आदान प्रदान र आधुनिक चिकित्सा प्रणालीका बिषयमा उक्त सिएमई फलदायी हुने पाण्डेले विश्वास व्यक्त गरेका छन् ।
Leave a Reply