हेल्थ टुडे
काठमाडौं : अनसन स्थलबाटै आफ्ना आजिवन सदस्य डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको जनाउदै उनको रिहाईको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै डा. केसीको सकुशल रिहाईको माग गरेको हो । अदालतको अवहेलना गरेको आरोपमा डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालत हाजिर गराउन सर्वोच्चले आदेश दिएपछि सोमबार साझ प्रहरीले त्रिवि महाराजगन्ज अस्पताल परिसरमा अनसरस्थलबाटै उनलाई पक्राउ गरेर अनामनगर प्रहरी प्रभाग ल्याएको थियो । चार वर्ष पहिले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएका डा. शशि शर्मालाई डा. केसीको अनसनका कारण तत्कालिन मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले पदमुक्त गरेर डा. राकेश श्रीवास्तवलाई डिन नियुक्त गरेका थिए । आफूलाई कानून विपरित अनसनकै बलमा हटाएको भन्दै डा. शर्मा अदालत गएका थिए । सर्वोच्चले आईतबार डा. शर्माको पक्षमा फैसला सुनाउदै डिनमा उनलाई पुनर्वहाली गर्न आदेश जारी गरेको थियो । अदालतको उक्त आदेश विरुद्घ डा. केसी सोबमारदेखि फेरि अनसन बसेका थिए ।
Leave a Reply