• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साताव्यापी राष्ट्रिय योग दिवस मनाइने

January 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साताव्यापी राष्ट्रिय योग दिवस मनाइने

काठमाडौँ,२५ पुस : तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर बनाइने भएको छ ।शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो ।

विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्र्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ । तेस्रो योग दिवसका लागि नारा तय गर्न डा हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा चिन्तामणि योगीको संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिको सयोजकत्वमा उपसमिति गठन गरिएको छ ।छलफलमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीय दर्शनबाट अभिप्रेरित हामी नेपालीले योगलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पाउनु आफैँमा गौरवको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले हामीले पुनर्जीवन दिने प्रयास मात्र गरेका हौँ, योग साधनाले मानिसलाई शान्त र स्वस्थ्य बनाउन योगदान पु¥याउँछ ।”मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पूर्वीय दर्शनको अभिन्न अंगका रुपमा रहेको योग साधनालाई मानिसका जीवनशैली बनाउने प्रयासले सुखको अनुभूति दिलाउने छ भन्नुभयो ।छलफलमा सहभागी वक्ताले योगलाई आशन र प्रणायममा मात्र सीमित नराखेर शान्ति, समृद्धि र विकाससग जोडेर हेर्न सुझाव दिएका थिए ।

उनीहरूले योगलाई विद्यालयको प्राथमिकतहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्न, योग सधैका लागि सवैका लागि भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको धारणा व्यक्त पनि गरे । सदाचार, सत्य, धर्म, ध्यानसंगै सिकाइने योग शिक्षा विस्तार गरौँ, जिल्ला जिल्लामा योग दिवस मनाऔँ भन्ने कार्यक्रम बनाउनु आवश्यक रहेकामा पनि जोड दिइएको थियो ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो छ डा. केसीको बयान
Next article भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web