• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा तुलसीको पात सेवनका फाइदाहरु

January 9th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा तुलसीको पात सेवनका फाइदाहरु

तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा स्वासप्रश्वासम्बन्धी रोगलाई पनि निको पार्ने गर्छ । यसको नियमित प्रयोगले मानिसमा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । यस्ता छन् तुलसीको पात सेवनका फाइदा :

मधुमेहको खतरा कम गर्छ 
तुलसीको पातमा युजिनोल, मिथाइल युजिनल र केरियोफिलिन हुन्छ । जसको कारण प्यान्क्रियटिक बिटा सेल्सले शरीरमा राम्रो काम गर्न थाल्छ । जसले शरीरमा इन्सुलिनको पनि स्वाभाविक विकास हुन्छ । यसो हुँदा रगतमा चिनीको मात्रा सन्तुलित हुन्छ । जसकारण मानिस मधुमेहको रोगबाट बच्न सक्छ ।

तनावबाट छुटकारा
विभिन्न अनुसन्धानअनुसार तुलसीको पातमा तनाव कम गर्ने हर्मोन कार्टिसोल पाइन्छ । दैनिक १२ वटा तुलसीको पात सेवन गरेमा तनावबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरको खतरा दूर
तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकर्सिनोजेनिक गुण हुन्छ । जसले स्तन र मुखको क्यान्सर हुनबाट जोगाउँछ ।तुलसीको १० वटा पात र ल्वाङलाई एक ग्लास पानीमा उमाल्नुहोस् । अनि त्यसमा सिदेनुन पनि राख्नुस् । यसरी उमालेको पानी पिउँदा शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

पेटको समस्या छ ?
तुलसीको रस पिउनाले पेटको समस्याबाट पनि मुक्ति पाइन्छ । तुलसीको पातको नियमित सेवन गर्दा समयमा भोक लाग्ने, कार्यक्षमतामा विकास हुने, रगतमा कोलस्ट्रोलको मात्रा कम गर्ने हुन्छ । त्यस्तै, ग्यास्ट्रिक, पेटको दुखाइ, कोलाइटिसजस्ता रोग पनि निको पार्ने काम गर्छ ।

टाउको दुखाइबाट राहत 
यदि तपाईंमा साइनसिस, एलर्जी, टाउको दुखाइको समस्या छ भने पनि तुलसीको प्रयोग गर्न सक्नुहुन्छ । तुलसीको पातलाई पानीमा उमालेर पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

छालाको समस्याबाट मुक्त
छालासम्बन्धी विविध रोग छ भने त्यसलाई तुलसीको मद्दतले निको पार्न सकिन्छ । दाद, एलर्जी भएको ठाउँमा तुलसीको पात मिचेर लगाउँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै, सुत्नुअघि अनुहार र छालामा तुलसीको तेल लगाउन पनि सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ 
तुलसीको पातलाई धुनुहोस् र चपाएर मनतातो पानीसँग पिउनुहोस् । त्यसको ३० मिनेटसम्म केही पनि नखानुस् । नियमित रूपमा एक महिनासम्म यस्तो गतिविधि गरेमा शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

नँयापत्रिकाबाट

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु
Next article कसरी जन्मन्छ समयअगावै बच्चा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132236
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web