• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

January 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तराष्टिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकांक्षी रणनीति तयार गरेको हो ।

केन्द्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले रणनीति सार्वजनिक गर्दै नसर्ने रोगको प्रमुख कारक तत्वका रुपमा रहेको सूर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाममा रणनीति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले स्थानीय, प्रदेश र केन्द्रमा रणनीतिलाई कार्यान्वयनमा ल्याउन अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याउँदै सूर्तीजन्य पदार्थ उत्पादनमा नै रोक लगाउनुपर्नेमा जोड दिए । सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत मन्त्रालयले जारी गरिसकेको छ । मन्त्रालयका अनुसार नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु हुने गर्छ । खासगरी क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेहजस्ता रोग यसको सेवनका कारणले लाग्ने गर्छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोजेन्द्र पन्तले रणनीति समय सापेक्ष भएको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सूर्तीजन्य पदार्थको नियन्त्रणले दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रणनीतिमा सूर्तीजन्य पदार्थको प्रयोगको अनुगमन, धुवाँरहित सार्वजनिकस्थल, सूर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहनलगायतका बुँदा रहेका छन् । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न
Next article यौन आकर्षण कहाँ कहाँ हुन्छ ?  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133168
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web