• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

म्याच नभए पनि सहजै मृगौला प्रत्यारोपण

January 16th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
म्याच नभए पनि सहजै मृगौला प्रत्यारोपण

कृष्ण पाण्डे,

नारायणा हेल्थ भारतको एक बहुप्रतिष्ठित स्वास्थ्य संस्था हो । यो संस्था विश्व प्रख्यात मुटु बिशेषज्ञ डा. देबी  प्रसाद सेठ्ठीको अध्यक्षतामा सन् २००२ देखि संचालन हुदै आएको छ । नारायणा हेल्थले स्वास्थ्यसेवा लाई सस्तो तथा गुणस्तर बनाई आम जनताको पहुँचमा पुर्याउन सफल भएको छ । नारायणा हेल्थ विश्वको सबैभन्दा ठुलो हर्ट सेन्टर हो । भारतमा रोबोटिक सर्जरी तथा प्रविधि यहि संस्थाले भित्र्याएको हो ।  यो संस्थाले भारतको बैंगलुर, मैशुर, कोलार, कोलकाता, रायपुर, जमसेदपुर, अहम्दाबाद, चेन्नाई, जयपुर, दुर्गापुर, गुवाहाटी, मुम्बई लगायत नई दिल्ली तथा गुणगाउँमा ३४ वटा सबै सुविधा सम्पन्न्  अस्पताल, ७ हर्ट सेन्टर तथा १९ प्राईमेरी केयर सेन्टर संचालनमा ल्याएको छ । भारतमा मात्र सिमित नभई नारायणा हेल्थले बंगलादश, अफ्रिका तथा अमेरिकाको क्यामन आईल्यान्डमा एक हजार बेडको सुविधासम्पन्न् अस्पताल संचालनमा ल्याएको छ । नेपालको एक्सप्लोर हेल्थकेयर प्रा.लि.संग सहकार्य गरि काठमाडौं, पुतलिसडकबाट नारायणा हेल्थ सुचना केन्द्र संचालनगरि आम नेपाली बिरामीहरु तथा चिकित्सकलाई टेलिमेडिसिनको माध्यमबाट स्वास्थ्य सेवा, शिक्षा तथा विभिन्न् स्वास्थ्य सम्बन्धी गोष्ठी, वर्कशप संचालन गर्दे आएको छ । यससंस्थाले चिकित्सक तथा प्राबिधिक जनशक्तिलाई छोटो अबधिको आफुले चाहेको बिषयमा फेलोसिप प्रोग्राम संचालन गदैआएको छ ।

धरमशिला नारायणा हेल्थ भारतको नई दिल्लीबाट क्यान्सर तथा वोनम्यारो ट्रान्सप्लान्टमा अतिनै विशिष्ट सेवा प्रदान गर्दै आएको छ भने बैंगलुर तथा कोलकता देखि मुटु तथा अर्गान प्रत्यारोपण सम्बन्धी अतिनै सम्बेदनसिल सर्जरी तथा उपचारसेवा प्रदानगर्दै आईरहेको छ । नारायणा हेल्थ महिला सम्बन्धी बाँझोपन तथा आईभिएफ को लागि पुरै एशियामा सर्वश्रेष्ठ मानिन्छ । नारायणा हेल्थ नवजात शिशु मुटुरोगको लागि विश्वको सर्वोश्रेष्ठ संस्था मध्ये पहिलो स्थानमा आउँछ । यससंस्थाले जन्मेको १० दिनको बच्चाको समेत अतिनै सम्बेदनशिल मुटुको शल्यक्रिया गर्दछ । यस संस्थाले पुरै विश्वभरिमा दैनिक ४०२ भन्दा धेरै सर्जरी गरी विश्व रेकर्ड कायम गरेको छ । अति अनुभवि चिकित्सक, नर्स, व्यवस्थापन, सुविधा तथा अत्याधुनिक प्रविधिले गर्दा छोटो समयमै राज्योत्सव, पद्यमश्री, पद्यम भुषण, वेष्ट हेल्थकेयर अवार्डहरु तथा फोचुन ५०० कम्पनीमा आफ्नो नाम दर्ज गराउन सफल भएको छ । साडे सात हजारभन्दा धेरै शैया भएको यस संस्थामा पाच हजार  भन्दा बढि अनुभवि चिकित्सक, प्राविधिक तथा जनशक्ति कार्यरत छन् ।

यससंस्थाले बिगत केहि वर्ष देखि अत्याधुनीक प्रविधि प्रयोगगरी म्याच नभएको २५०० भन्दा बढि मृगौलाको सफल प्रत्यारोपण गरेको छ । बैधानीक मृगौला डोनर हुँदा हुदै पनि मृगौला म्याच नभई प्रत्यारोपण गर्न नसकि डाईलाईसिस गरी बसिरहनु भएका मृगौला बिरामीहरुलाई अब नारायणा हेल्थले सहज तथा अति न्युन शुल्कमा मृगौला प्रत्यारोपण गर्न सुविधा प्रदान गर्नेछ । प्रत्यारोपण पछिको रेगुलर फलोअपको लागि एक्सप्लोर हेल्थकेयरले डब्लूडब्लूडब्लू डट अर्गान्सकेयर डट कम मार्फत अनलाईन सेवादिने व्यवस्था गरेको छ । एक्सप्लोर हेल्थकेयरले भविश्यमा हरेक प्रदेशमा अर्गान्स केयर सेन्टर खोल्ने लक्ष्य लिएको छ । एक्स्प्लोर हेल्थकेयरको संयोजकत्वमा नारायणा हेल्थले यहि जनबरी २२ गते म्याच नभएको मृगौला प्रत्यारोपण सम्बन्धी एकदिने वर्कशप कार्यक्रम एल्लो पगोडा होटल, कान्तीपथमा संचालन गर्ने भएको छ । जसमा नारायणा हेल्थ, कोलकाताको तर्फबाट डा. शर्मिला ठुकरालले आफ्नो अनुभव सेयर गर्नुहुने छ ।

एक्सप्लोर हेल्थकेयरले अति संबेदनशिल रोग तथा गरिब जनताको लागि फाईनान्सीयल व्यवस्थापन तथा फन्ड राईजिङको पनि व्यवस्था गर्दछ । एक्सप्लोर हेल्थकेयरले टेलिमेडिसिन आयोजना अन्तर्गत सम्बेदनसिल उपचारको लागि अनलाईन परामर्श, निःशुल्क एपोईन्टमेन्ट लिने, उपचार लागत, भारतमा उपचारको लागि जाँदा भारतीय पैशा लिएर जानु नपर्ने मेडिकल पेमेन्ट कार्डको सुविधा, खान बस्न तथा  निःशुल्क एयरपोर्ट लिन लैजाने व्यवस्था काठमाण्डौं सुचना केन्द्रदेखि उपलब्ध गराउँदै आएको छ । ( पाण्डे, एक्सप्लोर हेल्थकेयर लिमिटेडका मार्केटिङ डाइरेक्टर हुन । )

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रक्सी खाएर यौनसम्पर्क गर्दा के हुन्छ ?
Next article किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण   

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web