• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर रोगीको वास्तविक संख्या र अवस्था खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

January 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर रोगीको वास्तविक संख्या र अवस्था खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

विष्णु नेपाल,

काठमाडौँ  : क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहा पाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद मार्फत  ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को आजदेखि शुरु गरेको हो । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याँक छैन । पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याँक संकलन कार्यको शुरु हुने र यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषद् अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ ।

यस अतिरिक्त कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिएरनलिएको, रोगको परीक्षण (उपचार) स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको लगायतका विषयमा समेत सूचना संकलन गरिने छ । क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै रहेका बिरामीको संख्यासमेत यकिन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिन जाने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिक रुपमा सन् २००३ देखि बिपी कोइराला क्यान्सर अस्पतालबाट सूचना संकलन गर्न थालेको थियो । पछिल्लो समयमा नेपालमा खासगरी महिलाको पाठेघर र स्तन, रगत, हड्डी जस्ता अंगको क्यान्सर रोगी बढ्दै गएको बताइन्छ ।

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन भन्ने विषयमा ज्ञान लिन परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालीम लिन आफ्ना कर्मचारीलाई पठाएको थियो । मन्त्रालयले चार महिनाअघि क्यान्सरका रोगीको विवरण संकलन गर्न परिषद्लाई जिम्मेवारी सुम्पेको थियो । “हामी अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका÷नगरपालिकामा सहयोगका लागि जानेहरु मार्फत तथ्याङ्क तथा सूचना लिने तयारीमा छौ, ” वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहेका अध्यक्ष डा. झाले भने ।

सरकारले मुटु, मिर्गौला, क्यान्सरलगायतका रोगका उपचार गर्न रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने यस्ता बिरामीका लागि मासिक रु पाँच हजार थप दिने तयारी समेत थालेको छ । मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशाखाले हाल विभिन्न ५० प्रकारका विधि प्रयोग गरी २३४ प्रकारका रोगका बारेमा अभिलेख राख्दै आएको छ । सरकारी स्वास्थ्य सस्थामा सेवा लिन आएका बिरामीमध्ये त्यो व्यक्ति कुन प्रकारका रोगी हुन् भन्ने अभिलेखबाट जानकारी प्राप्त हुन्छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालमा करिब २९ हजार ८९८ विभिन्न प्रकारका क्यान्सरका रोगी छन् । क्यान्सरका रोगीको सूचना संकलनले क्यान्सर निवारणका लागि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउन, क्यान्सरका रोगीलाई राज्यले उपलब्ध गराउने सेवामा थप सहयोग जुटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास परिषद्का तालीम संयोजक विजय झाले व्यक्त गरे । वरिष्ठ जनस्वास्थ्य अधिकृतसमेत रहेका झाका अनुसार विकसित मुलुकहरुमा जनसंख्या संकलन गर्ने क्रममा नै क्यान्सर रोगीका बारेमा सूचना संकलन गरी राज्यबाट सहयोग उपलब्ध गराउने गरिन्छ । ( रासस)

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मीमा एचआईभीको जोखिम बढी
Next article अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web