• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

January 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

काठमाडौँ, ६ माघ : विपद् वा संकटको परिस्थितिमा पानीजन्य रोगको उपचारलाई अझ सहज बनाउन आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा आउने भएको छ । विपद्का समयमा जुनसुकै स्थानमा देखापर्नसक्ने त्यसप्रकारका रोगलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा पु¥याउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पहिलो पटक स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । यसका लागि आपतकालीन अस्पताल एवं स्वास्थ्य संस्था सञ्चालन प्रक्रिया निर्देशिका तयार भई चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वयंसेवकलाई समेत पहिलो चरणको तालिम सम्पन्न भएको सोसाइटीका स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

आपत्कालीन स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीचमा सहमतिसमेत भइसकेको छ । सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक एवं आर्थिक सहयोग क्यानेडियन रेडक्रसले नेपाल रेडक्रसलाई प्रदान गर्ने सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । विसं २०७२ मा आएको विनाशकारी भूकम्प एवं गतवर्ष तराई मधेशमा आएका बाढीबाट शिक्षा लिई तत्काल आपत्कालीन स्वास्थ्य सेवा दिन नयाँ सेवा सञ्चालन ल्याउन लागेको उहाँले बताउनुभयो । उसो त क्यानेडिन रेडक्रसले भूकम्पपश्चात् फिल्ड अस्पताल सञ्चालन तथा भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा समेत आर्थिक एवं प्राविधिक सहयोग गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकालले जानकारी दिनुभयो ।

यसैबीच, आपत्कालीन अस्पताल सञ्चालन सम्बन्धी पाँचदिने तालिम चितवनमा सम्पन्न भएको छ । तालिमका क्रममा कृत्रिम अभ्याससमेत गरिएको सोसाइटीले जनाएको छ । स्थलगत अभ्यासका क्रममा सहभागीलाई अस्पताल सञ्चालनका लागि बिरामीको स्वास्थ्य परीक्षण, भर्ना कक्ष, आकस्मिक तथा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, खाद्यान्न, पानी, बिजुलीलगायत व्यवस्थापनका बारेमा प्रशिक्षण सम्पन्न भएको सोसाइटीका स्वास्थ्य सेवा विभागका प्रमुख अर्यालले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख डा भेषराज पोखरेल तथा वीर अस्पतालका डा सुखेन्द्रपुरुष ढकालले नेपाल विभिन्न विपद्को उच्च जोखिममा रहेको चर्चा गर्दै विपद् प्रतिकार्य क्षमतालाई विस्तार गर्नुपर्छ भन्नुभयो । सोसाइटीका राष्ट्रिय अध्यक्ष संजिव थापाले सोसाइटीले आफ्नो आपत्कालीन स्वास्थ्य सेवाको क्षमतालाई विस्तार गर्दै जाने नीति रहेको उल्लेख गर्नुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चाँयाबाट यसरि बचौ
Next article यी औषधि सेवनले घट्छ यौन चाहना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web