• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

January 31st, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

डा. भागवत भट्टराई,

मुख स्वास्थ्यले हरेक व्यक्तिको व्यक्तित्व विकासमा ठूलो भूमिका खेलेको हुन्छ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ । मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन । कुनै मानिसको छेउमा बस्दा मुखबाट ह्वास्स नराम्रो गन्ध आयो भने तपाईं जतिसुकै सुन्दर भए पनि त्यसको कुनै अर्थ रहँदैन । मानिसहरू तपाईंको नजिक आउनै चाहँदैनन् । त्यसैले स्वास्थ्यका लागि मात्र नभएर व्यक्तित्व विकासका लागि पनि मुख स्वास्थ्यमा ध्यान दिनै पर्छ । धेरै जनाको सास गन्हाउने समस्या हुन्छ । त्यो समस्याले उनीहरूलाई समस्यामा पारेको हुन्छ । यो समस्यालाई निराकरण गर्न सकिन्छ । यो समस्यालाई समस्या नै नठान्नुभन्दा यो समस्याबाट मुक्त हुने घरेलु उपाय र दन्तरोग विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ । सास गन्हाउने समस्यालाई दन्तहर्ष पनि भनिन्छ । सास गन्हाउने विभिन्न कारण हुन्छन् ।

सास गन्हाउने प्रमुख कारणहरू :

१. खाना अड्केर कुहिएर

२. जिब्रोको माथिल्लो भाग बारम्बार सफा नगरेमा ।

३. गिजामा पिप जमेर ।

४. पिनास भएमा ।

५. पेटको समस्या भएमा ।

६. गिजा धेरै सुन्निएमा ।

७. शरीरमा पानीको मात्रा कम भएमा ।

८. धूमपान र मद्यपानको सेवनले ।

९. मिर्गौलाको समस्या भएमा ।

१०. फोक्सोमा संक्रमण भएमा ।

यदि शरीरमा अन्य समस्या नभएमा मुखको उपचार र खानपानमा ध्यान दिन सके सास गन्हाउने समस्याबाट बाच्न सकिन्छ । हामी शरीरका अन्य भागको उपचारमा ठूलो धनराशि खर्च पछि पर्दैनांै । तर मुख र दाँत स्वास्थ्यलाई खासै महत्व दिने गरेका हँुदैनौं । जबसम्म हामी दाँत र मुख स्वास्थ्यलाई महत्व दिएर ख्याल गर्दैर्नांै, तबसम्म सास गन्हाउनेजस्ता समस्यामात्र नभएर मुख र जिब्रोको क्यान्सरबाट बाँच्न सक्दैनौ । सास गन्हाउने समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले साना नानीहरूलाई सानै उमेरदेखि कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नु आवश्यक छ । सास गन्हाउने समस्याबाट बच्न हामीले यी कुरामा ध्यान दिनै पर्छ ।

कसरी रोक्न सकिन्छ सास गन्हाउने समस्या ?

१. बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँंग दात माझ्नुपर्छ ।

२. जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।

३. कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।

४. खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुँदैन ।

५. प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

६. पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।

७. सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँंग उपचार र परामर्श गर्नुपर्छ ।

(डा. भट्टराई, शिवपुरी डेन्टल, महाराजगन्जमा गिजा रोग तथा कृत्रिम दन्त जराप्रत्यारोपण विशेषज्ञका रुपमा कार्यरत छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बिमाको पहिलो चुनौती
Next article  स्थानिय तहको स्वास्थ्य सेवा गोलमाल हुने अवस्थामा 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

143
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web