• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग

February 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग

हेल्थ टुडे,

काठमाडौं, २१ माघ : स्वास्थ्य मन्त्रालय मातहतका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारीका ११ वटा संगठनहरुले ७ ओटै प्रदेशमा रहने स्वास्थ्य, शिक्षा तथा समाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवा कै कर्मचारी सचिव हुनु पर्ने माग गरेका छन् ।

उनीहरुले आईतबार प्रदेश नम्बर ४ पोखरा र प्रदेश नम्बर ६ सुर्खेतका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव मार्फत प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउदै उक्त मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव नियुक्त नगरे आफूहरु बाध्यात्मक कदम चाल्न पछि नपर्ने चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संघ, हेल्थ असिस्टेन्ट संघ लगायत ११ वटा स्वास्थ्य सेवाका कर्मचारी संगठन छन् ।

समान्य प्रशासन मन्त्रालयको मंसिर २४ को पत्र प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले पुष १७ गते सार्वजनिक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवा मातहतका चाथौ तहदेखि ११ औं तहसम्मका प्रदेश मन्त्रालय जान  इच्छुक स्वास्थ्य सेवाका कर्मचारीलाई ३ दिनभित्र निवेदन दिन आव्हान गरेको थियो । सोही सूचना अनुसार स्वास्थ्यका ११ औं तहसम्मका कर्मचारीले प्रदेश मन्त्रालयमा जान निवेदन दिएका थिए । तर त्यसको बेवास्ता गर्दै मन्त्रीपरिषद््को माघ १० गते बसेको बैठकले स्वास्थ्यका ९ औं र १० औं तहका कर्मचारीलाई स्वास्थ्य हेर्ने गरि पठाउने निर्णय गरेपछि स्वास्थ्यका कर्मचारीलाई सचिव हुने बाटो रोकेको भन्दै आफूहरु विरोधमा ओर्लिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘स्वास्थ्य सेवा एकदमै संवेदनशिलता र प्राविधिक बिषय भएकाले जनताको स्वास्थ्य अधिकार सुनिश्चिताका लागि स्वास्थ्यकै कर्मचारीलाई सचिव बनाउनु पर्छ, विज्ञप्तिमा उनीहरुको जिकीर छ ।

स्वास्थ्य सेवा मातहत करिव ४०० सहसचिव र ३८ हजार कर्मचारी कार्यरत छन । यो संख्या कुल निजामती सेवामा कार्यरत कर्मचारीको झण्डै ५० प्रतिसत हो । उनीहरुले सात वटै प्रदेशमा छुट्टै प्रादेशिक स्वास्थ्य मन्त्रालय स्थापना गर्न समेत माग गरेका छन् । स्वास्थ्य मन्त्रालयमा पछिल्ला वर्षमा स्वास्थ्य सेवा मातहतकै चिकित्सक मात्र सचिव बन्ने गरेका छन् । डा. सेनेन्द्रराज उप्रेति, डा. किरण रेग्मी पछि अहिले डा. पुष्पा चौधरी स्वास्थ्य सचिव छिन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने
Next article क्यान्सर भइहाले के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web