हेल्थ टुडे
काठमाडौ, २८ माघ : स्वास्थ्य मन्त्रालयमा चिठ्ठी लुकाउन माहिर कहलाइएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आईतबार डा.राजेन्द्र पन्तलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पुनर्वहाली गर्ने गरि तयार पारिएको चिठ्ठी गायव गराएकी छन् । उनले प्रशासन साखाका अधिकृतलाई चिठ्ठी लिएर फरार हुन सल्लाह दिए पछि आईतबार डा.पन्तले पुनर्वहालीको चिठ्ठी बुझ्न पाएनन् । स्वास्थ्य मन्त्री दीपक बोहोराले डा. चौधरीकै सल्लाहमा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गरेर पुष २९ गते डा. तारा पौडेललाई विभागको निमित्त महानिर्देशक नियुक्त गरेका थिए । मन्त्रीको निर्णय कानून बिपरित भएको भन्दै डा. पन्त पुनर्वहालीको माग गर्दै अदादालत गएका थिए । अदालतले मन्त्री बोहोराको निर्णय कार्यन्वयन नगर्न अन्तरिक आदेश दियो । अदालतले १९ गते डा. पन्तका पक्षमा फैसला गरेपछि उनी अदालतको आदेश बोकेर पुनर्वहादी पत्र माग्दै माघ २१ गते मन्त्रालय गएका थिए ।
डा. पन्तलाई पुनर्वहाली नगरे अदालतको मानहानी हुने डरले मन्त्री बोहोराले फेरि फाइल उठाउन लगाई डा. पन्तलाई पुनर्वहाली गर्ने पत्र तयार पार्न लगाएका थिए । पत्र शुक्रबार नै तयार भइसकेको मन्त्रालय स्रोतले बताएको छ । तर कुनै पनि हालतमा डा.पन्तलाई महानिर्देशकमा पुनर्वहाली हुन नदिने योजनामा रहेकी स्वास्थ्य सचिव डा. चौधरीले उक्त पत्र नदिने प्रपन्च रचेको मन्त्रालय स्रोतको दावी छ । जस अनुसार तयार पारिएको उक्त पत्रको चलानी समेत भइसकेको छ । तर पत्र आईतबारसम्म डा. पन्तलाई दिइएको छैन । डा. पुष्पाकै सल्लाह अनुसार उक्त पत्र प्रशासनका एक जना अधिकृतलाई राख्न लगाएर उनलाई मन्त्रालयबाट फरार बनाइएको छ । आईतबार पुनर्वहाली पत्र लिन मन्त्रालय पुगेका डा. पन्तलाई पत्र नदिएर प्रशासन साखाका अधिकृतसंग भएको भन्दै फर्काइयो । ती कर्मचारीसंग सम्पर्क गर्दा फोन सम्पर्क पनि नभएको डा. पन्तले बताए । दिनमा तिन पटक मन्त्रालय पुग्दा समेत ती अधिकृत नभेटिए पछि डा. पन्तले आईतबार पनि पुनर्वहाली पत्र पाउन सकेका छैनन् । डा. पन्तभन्दा पहिले विभागको निमित्त महानिर्देशक डा. चौधरी थिइन । डा. चौधरीको कार्यसम्पादन फितलो र विवादास्पद् छवीका कारण पुर्व स्वास्थ्य मन्त्री गगन थापाले उनलाई मन्त्रालय सरुवा गरेर डा. पन्तलाई निमित्त महानिर्देशक बनाएका थिए । डा. पुष्पालाई त्यही बदला लिनु पर्ने भएकाले अहिलेको सरुवा र चिठ्ठी लुकाउने काम गरेको मन्त्रालयका एक अधिकारीको दावी छ ।
डा. पुष्पाले यस अगाडि पनि मन्त्रालयमा थुप्रै चिठ्ठी लुकाउन लगाएकी छन् । गत असारमा डा. चौधरीलाई कारवाही गर्न भनी अख्तियारले पठाएको पत्र उनले प्रशासनकै अधिकृतहरुको मिलेमतोमा लुकाउन सफल भएकी थिइन । त्यसैगरि गत पुषको दोश्रो हप्ता अख्तियारले डा. चौधरी सहित कारवाहीका लागि सिफारिस गरेका कर्मचारीलाई कारवाही किन नगरेको भन्ने पत्र पनि उनी लुकाउन सफल भएकी थिइन । पत्र लुकाएकै कारण उनी सधै आर्थिक चलखेलमा मुछिदै आएका स्वास्थ्य मन्त्री दीपक बोहोरालाई आर्थिक प्रभावमा पारेर सचिव बन्न सफल भएकी थिइन । बेलायतका कार्यालय रहेको आईएनजीओ फिगोको संयोजक भएर महिनाको डेढ लाख तलव सहित दोहोरो सुविधा लिएपछि डा.चौधरी बिवादमा तानिएकी थिइन् । अंगिकृत नागरक डा. चौधरीकै असक्षम नेतृत्वका कारण स्वास्थ्य मन्त्रालयमा अराजकता र दण्डहिनता मौलाउन खोजेको स्वास्थ्यका अधिकारी बताउछन् ।
Leave a Reply