हेल्थ टुडे,
काठमाडौं, २९ माघ : बझाङ जिल्ला अस्पतालका लागि निक साइमन्स इन्स्टिच्युटले आवासगृह बनाइदिएको छ । उक्त आवास गहृ सोमबार एक समारोहबिच स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुशीलनाथ प्याकुरेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनुप रेग्मीलाई उक्त आवासगृह अस्पताललाई हस्तान्तरण गरेका हुन । निक साइमन्सले दुई करोड २० लाखको लागतमा उक्त आवासगृह बनाइदिएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि सहज होस् भनेर आवासगृह निर्माण गरिएको इन्सिच्युटका कार्यकारी अधिकृत डा अनिलबहादुर श्रेष्ठले बताए ।
समारोहमा डा प्याकुरेलले भने, ‘ड्युटीमा रहेका कर्मचारीबाहेक अन्यलाई आवासगृहमा नराख्नुहोला ।’ अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा सन्तोषजनक बन्दै गएको डा प्याकुरेलले खुशी व्यक्त गरे । उनले अस्पतालले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले स्वास्थ्य अतिआवश्यक विषय भएकाले यसमा सबै संवेदनशील बन्नुपर्नेमा जोड दिए।कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा अनुज भट्टचनले स्वास्थ्य सबै मानिसको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नु अस्पतालको कर्तव्य रहेको बताए ।
Leave a Reply