• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

February 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

चितवन १६ फागुन,: जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफँैले फार्मेसी सञ्चालनमा ल्याएको थियो ।

बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार सहजरुपमा बिरामीले औषधि पाउन् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएर बसेका बिरामी, सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी व्यवस्थापन गरिँदै छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासीनिका अनुसार निजीमा भन्दा आधासम्म सस्तोमा बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाएका छन् ।
अस्पतालको औषधि खरिद मूल्य र निजीले बिक्री गर्ने गरेको मूल्यको नाफामध्ये आधा अस्पतालले राखेर आधा बिरामीलाई छुट दिइँदै आएको उहाँले बताउनुभयो ।
फार्मेसी विभागका प्रमुख राजकुमार ढुंगानाका अनुसार फार्मेसी स्थापनापछि रु नौ करोड ३३ लाख ६७ हजारको औषधि बिक्री गरिएको छ । जसबाट रु दुई करोड २६ लाख अस्पताललाई नाफा भएको छ । त्यति नै रकम बिरामीले छुट्टै पाएको उहाँले बताउनुभयो ।

अस्पतालको सघन उपचार कक्षमा बढी प्रयोग हुने एण्टिीबायोटिक सुई पिप्रासिलिन प्लस टाजोब्याक्टस बाहिर बजारमा एक डोजको रु ५२४ पर्दछ भने अस्पतालले रु ३४४ मा बिक्री गर्दै आएको छ ।
त्यस्तै सघन उपचार कक्षमा नै बढी प्रयोग हुने अर्को सुई म्यानकोमाइसिन निजीमा रु ६०८ पर्दछ भने अस्पतालको फार्मेसीमा रु ४३६ मा बिक्री गरिन्छ ।

भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ । दैनिक एक हजार भन्दा बढीले बहिरंग सेवा लिने गर्दछन् । वार्षिक ठूला शल्यक्रिया नौ हजारको हाराहारी हुने गर्दछन् । चितवन र छिमेकी जिल्लाबाट सेवा लिन बिरामी यहाँ आउने गर्दछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बागलुङमा चौबीस हजारले गरे स्वास्थ्य बीमा
Next article बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट डा. पन्थी सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web