• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बागलुङमा चौबीस हजारले गरे स्वास्थ्य बीमा

February 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बागलुङमा चौबीस हजारले गरे स्वास्थ्य बीमा

बागलुङ, १६ फागुन : दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ ।

दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो । जनसंख्याको ठूलो हिस्सा बीमासँग अझै जोडिएको छैन । बोर्डले जिल्लाभर बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार ६० भन्दा बढी दर्ता सहयोगी जिल्लाभर परिचालित छन् । पछिल्लो संरचनाअनुसार सबै वडामा दर्ता सहयोगी खटाउने तयारी भइरहेको छ । “दर्ता सहयोगी गाउँगाउँ पुगेर बीमा गराउन खट्नुभएको छ,” उहाँले भन्नुभयो “कार्यक्रमलाई तल्लो तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता छ ।”

बीमाको महत्वबारे बुझाएर परिवार र तिनका सदस्यको बीमा गराउनु चुनौतीपूर्ण रहेको दर्ता सहयोगी बताउँछन् । पहिलो वर्ष बीमा गरेका कतिपय बिमितले अर्को वर्ष नवीकरण नगरेका उदाहरण पनि बाहिर आउन थालेका छन् । बीमा गर्नेको संख्या अपेक्षा गरेभन्दा कम रहेको बोर्डका प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो ।

जनस्तरमा स्वास्थ्य बीमाको महत्व र आवश्यकताबारे सचेतना कम पुगेको उहाँको अनुभव छ । “हामीले मेहनत गर्दा पनि बीमामा जोडिने संख्या कम छ,” उहाँले भन्नुभयो “अति गरिब परिवारलाई निःशुल्क गरेपछि अहिले पहुँच बढ्दो छ ।”

सरकारले गरिब परिचयपत्र छिटो उपलब्ध गराउन सके गरिब तथा विपन्न परिवारले सहुलियत पाउने उहाँको भनाइ छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन सकिए बीमामा स्वतः आकर्षण बढ्ने देखिन्छ । बीमा गरेका सदस्यले सामान्यदेखि जटिल प्रकारका स्वास्थ्य समस्यामा उपचार सेवा पाइरहेका छन् ।

जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध हुने गरेको छ । बीमाको लागि प्रत्येक परिवारले वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ ।

“हरेक वर्ष रु दुई हजार ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकम पछि फिर्ता हुँदैन,” संयोजक खरेलले भन्नुभयो “सरकारले निःशुल्क दिने औषधिबाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयंले तिर्नुपर्छ ।”

हाल प्रदेश नं ४ का पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वर्ष स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सरकारको योजना छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार
Next article विवाहपछि यौन चाहना नभएमा के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web