काठमाडौँ, २२ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचार विमर्श भएको छ । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने बिषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार यहाँ आउनुभएको हो ।
Leave a Reply