• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आँखामा लाग्ने रोग ट्रकोमाको समस्या पाँच प्रतिशतभन्दा कम

March 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखामा लाग्ने रोग ट्रकोमाको समस्या पाँच प्रतिशतभन्दा कम

हेल्थ टुडे, काठमाडौँ, ३० फागुन :नेपालमा आँखामा लाग्ने एक प्रकारको रोग (ट्रकोमा) जनस्वास्थ्यको समस्याका रुपमा अब नरहने भएको छ ।यसका लागि स्वास्थ्य मन्त्रालयले विश्वस्वास्थ्य संगठनलाई जनस्वास्थ्यको समस्याका रुपमा सो रोग नरहेको प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको छ । जनसंख्यामा पाँच प्रतिशतभन्दा तल सो रोग नदेखिएमा जनस्वास्थ्यको समस्या नभएको ठहरिन्छ ।नेपाल नेत्रज्योति संघले संयुक्तरुपमा सबै जिल्लामा गरेको ट्रकोमा सम्बन्धी सर्वेक्षणबाट सो रोग पाँच प्रतिशतभन्दा कम रहेको देखिएको हो । विशेषगरी कैलाली, कञ्चनपुर, अछाम, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दियामा सो रोगको दर उच्च रहेको थियो ।

संघद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई जनस्वास्थ्यको समस्याका रुपमा ट्रकोमा नरहेको विश्व स्वास्थ्य संगठनलाई प्रमाणीकरण गराउन प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।चिकित्सकका अनुसार मोतियाबिन्दुपछि ट्रकोमा अन्धोपनको प्रमुख कारकका रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयसित मिलेर संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।कार्यक्रममा संघका अध्यक्ष तीर्थ मिश्रले सन् २०२० सम्ममा अन्धोपन उन्मूलन गर्ने लक्ष्यलाई हासिल गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुको पदस्थापन,नामावली सहित
Next article यस्तो हुनुपर्छ मिर्गौला विरामीको खाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134130
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web