• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

March 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

हेल्थ टुडे,

काठमाडौं, २ चैत : स्वास्थ्य राज्यमन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार गरेको तेश्रो पटकको मन्त्रीमण्डल बिस्तारमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । अर्याल एमालेको तर्फबाट स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएकी थिइन । एमाले र एमाओवादीबाट गरि शुक्रबार ११ मन्त्री र ३ राज्यमन्त्री गरि १४ जना थप गरेको हो ।  ओलीले मन्त्रीमण्डल गठनमा ढिलाई गर्दा स्वास्थ्य मन्त्रालय गत एक महिनादेखि मन्त्री बिहीन थियो । प्रधानमन्त्री ओलीले संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सामेल गराउने तयारी गरे पनि शुक्रबार ती पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको टुंगो लगाउन नसक्दा सपत गराउन सकेनन । एमाले र एमाओवादी केन्द्रबिच मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेको थियो । तर मधेश केन्द्रित दलहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपछि एमाले स्वास्थ्य मन्त्रालय छोड्न तयार भएको थियो ।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संघिय समाजवादी फोरम र राजपा मध्ये एकलाई दिने तयारी ओलीले गरेका थिए । संघिय समाजवादी फोरम र राजपामध्ये एकले स्वास्थ्य र अर्कोले सहरी विकास दिने मोटामोटी सहमती भएको थियो । तर  कुरा नमिलेपछि ओलीले एमालेकी अर्याललाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । स्रोतका अनुसार फोरम र राजपा सरकारमा आए उनीहरुमध्ये एकलाई स्वास्थ्य मन्त्री दिएर राज्यमन्त्री अर्यालको जिम्मेवारी हेरफेर गर्न सकिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति सेवा लिनेलाई बेवी सेट सहित थप रु एक हजार
Next article कस्तो अवस्थामा गरिन्छ डाइलासिस ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132094
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web