• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘कुकुरको पुच्छर ’ जस्तै कोसी अञ्चल अस्पतालका डाक्टरहरुको चाला

March 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘कुकुरको पुच्छर ’ जस्तै कोसी अञ्चल अस्पतालका डाक्टरहरुको चाला

हेल्थ टुडे,

मोरङ, ५ चैत : नेपाली भाषामा चलनचल्तीमा एउटा उखान छ, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राख्दा पनि बाङ्गै ’ ठीक त्यही हालत छ कोसी अञ्चल अस्पतालको । यहाका चिकित्सकलाई न स्वास्थ्य मन्त्रालयको निर्देशनले छुन्छ न अख्तिायारले नै । न जिम्मेवारी भाव छ न कर्तत्ववोध नै । चिकित्सक डिउटीमा नभेटिने समस्या बारम्बार सञ्चारमाध्यममा आएपछि पुर्व स्वास्थ्य मन्त्री गगन थापाले समस्या पहिचान गरि समाधानका लागि सक्दो प्रयास गरे तर शात लाग्यो शून्य । अन्य स्वास्थ्य मन्त्रीहरुले पनि अस्पताल सुधारका लागि पहल नगरेका होइनन् तर खासै सुधार आएन । सेवाभन्दा मेवा मन पराउने सानैदेखिको बानीले होला यहाँका चिकित्सक अस्पताल भन्दा निजी क्षेत्रका अस्पताल र क्लिनिक मै बढी व्यस्त हुन्छन । कोसी अञ्चल अस्पतालमा चिकित्सक र कर्मचारी नियमित नबस्दा अस्पतालको अस्तव्यस्त बनेको छ । चिकित्सक नभेटेर उपचारका लागि आउने बिरामी मर्कामा परेका छन । दरबन्दीका चिकित्सक र कर्मचारी अधिकांश आ–आफ्ना निजी अस्पताल र क्लिनिकमा बस्ने भएकाले बिरामीले सास्ती खेप्नुपरेको हो । अस्पतालमा चिकित्सक र कर्मचारी नबस्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरेको छ । यसक्रममा एकै दिन ३ सय अनुपस्थित रहेको पाइएको थियो । विशेषज्ञ चिकित्सकदेखि तल्लो स्तरका कर्मचारीहरू अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । अस्पताल प्रशासनको मिलेमतोमा चिकित्सक रकर्मचारीहरू पालैपालो अनुपस्थित रहने गरेको अस्पताल स्रोतको भनाइ छ । चिकित्सकहरू आ–आफ्ना निजी क्लिनिक र अस्पतालमा व्यस्त रहने गरेकाले अस्पतालमा अनुपस्थित देखिएको एक कर्मचारी बताउँछन ।

यहाँका कतिपय चिकित्सकको निजी अस्पताल छ भने अधिकांशको क्लिनिक छ । उनीहरू आ–आफ्नो अस्पताल र क्लिनिकमा व्यस्त भएपछि बिरामी मर्कामा परेको स्थानीय अरबिन्द मण्डल बताउँछन ।  चिकित्सकहरू अस्पतालअघि निजी क्लिनिक खोलेर बिहानदेखि बेलुकासम्म त्यहीं व्यस्त रहने गरेको उनको आरोप छ । केही चिकित्सकले कोसी अञ्चल अस्पतालमा आउने बिरामीलाई आफ्नै निजी अस्पतालमा उपचारका लागि लैजाने गरेको उनले सुनाए । मण्डलका अनुसार यो विषयमा जानकारी भए पनि सरोकारवाला निकाय मौन छन । चिकित्सक र कर्मचारी नियमित नबस्दा अस्पताल परिसर दिउँसै सुनसान बन्ने गरेको छ । उपचारका लागि आएका रामबहादुर बस्नेतले अस्पतालमा डाक्टर नभेटेको गुनासो सुनाए । ‘सरकारले चिकित्सकलाई पूरा समय बस्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘तर यहाँ चिकित्सक र कर्मचारी दुबैको मनोमानी छ । आफूलगायत १५ बिरामी चिकित्सकको प्रतीक्षा गर्दै बसे पनि कोही नआएपछि बाध्य भएर निजीमा उपचारका लागि जानु पर्यो । ’

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत नवराज कार्कीको नेतृत्वमा फागुन २७ मा अस्पतालमा अनुगमन गरिएको थियो । बिहान साढे १० बजे भएको अनुगमनका क्रममा अस्पतालको हाजिर अभिलेखअनुसार एकै दिनमा सय कर्मचारी अनुपस्थित रहेको पाइयो । ७ महिनादेखि चिकित्सक र कर्मचारीहरूले हाजिरीसमेत नगरेको पाइएको कार्कीले जनाए ।

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै आएको समूहले चिकित्सक र कर्मचारीको हाजिरी अभिलेख माग गर्दा उनीहरू आन्दोलनमै उत्रेका थिए । उनीहरूले अस्पतालको सेवा अवरुद्ध गरी नारासमेत लगाए । प्रजिअ आचार्यले पहिलेदेखि नै चिकित्सक र कर्मचारीलाई सचेत गराउँदै आए पनि अटेरी गरेकै कारण अनुगमन गरिएको जनाए । ‘चिकित्सक र कर्मचारी अनुपस्थित हुँदै आएको अनुगमनका क्रममा भेटेकाले यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पहिलो चरणमा स्पष्टीकरण सोध्ने काम भएको छ ।’ एक–दुई दिन अनुपस्थित हुनेलाई सत्यतथ्य बुझेर अस्पताल प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको उनले बताए । सातादेखि अनुपस्थित हुनेलाई जिल्ला प्रशासन कार्यालयमै आएर लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आचार्यको भनाइ छ । अनुसन्धान प्रक्रिया पूरा भएपछि सत्यतथ्य बाहिर आउने र त्यसपछि थप कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए  प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि अस्पतालको सेवा प्रभावकारी बनाउन चासो देखाएका छन । ‘आफूले पनि अनुगमन गर्दा अस्पतालको अवस्था अस्तव्यस्त देखिएको थियो,’ उनले भने, ‘विराटनगरस्थित एक मात्र सरकारी अस्पतालको अवस्था यस्तो भएपछि विपन्न गरिबलाई उपचारमा समस्या आएकाले तत्काल सुधार गरी प्रभावकारी सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाएका छौं ।’ मेडिकल सुपरिडेन्टेन्ट डा. रोशन पोख्रेलले अस्पतालमा ५ सय चिकित्सक र कर्मचारी कार्यरतमध्ये केहीको बिहान, केहीको दिउँसो र केहीको राति डयुटी रहने भएकाले सबैको हाजिरी नभेटेको दाबी गरे । ‘अनुगमन टोली ११ बजेतिर आएकाले सबैको हाजिरी नभेट्नु स्वाभाविक हो,’ उनले भने । (कान्तिपुर)

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रोल्पाका ५० प्रतिशत गर्भवती महिला जोखिममा
Next article प्रजनन उमेर सकिएपछि महिलामा अस्टिओपोरोसिस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web