• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निक साइमन्स अवार्ड पोखरेललाई

March 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निक साइमन्स अवार्ड पोखरेललाई

काठमाडौँ, ६ चैत : ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा सुधारमा अतुलनीय योगदान दिएबापत् सन् २०१७ को निक साइमन्स अवार्ड गुल्मी पल्लिकोटा हेल्थ पोष्टमा कार्यरत सिनियर अहेव श्यामसुन्दर पोखरेलले प्राप्त गर्नुभएको छ ।जिम साइमन्स र मेरिलिन साइमन्सले आफ्ना दिवगंत छोरा निक साइमन्सको सम्झनामा स्थापित सो पुरस्कारको राशि प्रमाणपत्रसहित नगद रु एक लाख रहेको छ । सो पुरस्कारका लागि यस वर्ष १८ जिल्लाका ३३ स्वास्थ्यकर्मी सिफारिसमा पर्नुभएको थियो ।पुरस्कृत अहेव पोखरेलसहित म्याग्दी ताकम हेल्थपोष्टमा कार्यरत सिनियर अहेव लोकनाथ पौडेल र बाजुरा टान्टे हेल्थपोष्टमा कार्यरत सिनियर अहेव दिवकबहादुर शाह उत्कृष्ट तीनमा चयन हुनुभएको थियो ।

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटद्वारा संयुक्त रुपमा आजदेखि यहाँ शुरु भएको नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा स्वास्थ्यसचिव डा पुष्पा चौधरी, जिम साइमन्स र मेरिलिन साइमन्स संयुक्त रुपमा सो पुरस्कार प्रदान गर्नुभयो ।पुरस्कार चयनका लागि केन्द्रका निर्देशक श्रीकृष्ण भट्ट, अधिकृत सविनसिह चौधरी तथा इन्स्टिच्यूट कार्यकारी निर्देशक डा अनिलबहादुर श्रेष्ठ तथा प्रशासकीय अधिकृत नवराज श्रेष्ठको समिति गठन भएको थियो ।ग्रामीण क्षेत्रमा तल्लीन स्वास्थ्यकर्मीलाई सम्मान तथा उनीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने ध्येयले आयोजित सो सम्मेलन सो तीनदिने सम्मेलनमा ५४ जिल्ला ९९ स्वास्थ्यकर्मी (चिकित्सक, प्याराकेडिक्स, नर्स तथा विएमइटी), सातवटै प्रदेशका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको सहभागीता रहेको छ ।

सम्मेलनमा निरन्तर मेडिकल शिक्षा, स्वास्थ्य मन्त्रालयका पछिल्ला नीति तथा नियमका विषयमा पनि छलफल हुने इन्स्टिच्यूटका निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । साथै सम्मेलनका क्रममा ग्रामीण क्षेत्रमा रही आफूले सेवा प्रवाह गर्दा आइपरेका चुनौतीलाई स्वास्थ्यकर्मीले पाँच कथाका रुपमा प्रस्तुत गरिने छ ।सो अवसरमा सचिव चौधरीले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा भौतिक सुधारका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो । पुरस्कारका संस्थापक जिम साइमन्स र मेरिलिन साइमन्सले नेपालका ग्रामीण क्षेत्रको जनताका स्वास्थ्यमा गुणस्तरीय सुधार ल्याउन निरन्तर सहयोग जारी रहने जानकारी दिनुभयो ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक कृष्ण भट्टले ग्रामीण तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन इन्स्टिच्यूटले सहयोग गरिराखेको बताउनुभयो ।पुरस्कृत सिअहेव पोखरेलले स्वास्थ्य सेवा समुहगत कार्य भएकाले भएका स्रोत साधनलाई अधिकतम् उपयोग गर्न जरुरी रहेकामा जोड दिनुभयो । इन्स्टिच्यूटले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य संस्थाको निर्माण तथा उपकरणमा आर्थिक एवं प्राविधिक सहयोग गरिराखेको छ ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसकारण हुन्छ महिनावारीमा गडबढ
Next article राष्ट्रिय क्षयरोग केन्द्र र नगरपालिकाबीच ६ बुँदे सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133770
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web