डा. अम्बिका पाण्डे,
विभिन्न किसिमका सूक्ष्म जीवाणू (व्याक्टेरीया) ले धेरै किसिमका रोग लगाउँछन । यस्ता सुक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकीलाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरु देखा पर्दछन । सुक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टीवायोटिक भनिन्छ । सुक्ष्म जीवाणुको किसिम अनुसार प्रयोग गर्नुपर्ने एन्टीवायोटिक पनि फरक फरक हुन्छ र एउटै एन्टीवायोटिक सवै संक्रमणमा उपयोगी हुँदैन । दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ ।
१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ ।
२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ ।
३. एन्टीवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ ।
४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं ।
५. नियम र अवधि नपु¥याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ ।
६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टीवायोटिकले असर गर्दैन ।
७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं ।
औषधिको दुरुपयोग नगरौं
१. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं ।
२. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं ।
३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं ।
४.औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं ।
५. जीवन अमुल्य छ, दुव्र्यसनी वनी यसलाई खेर नफालौं । दुव्यसन मुक्त समाज निर्माण गरौं ।
६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं ।
Leave a Reply