• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

हेल्थ टुडे,

पोखरा, १९ चैत : पोखराको मनिपाल शिक्षण अस्पताल लामो समयदेखि प्रशासन र चिकित्सकबिच टकराव जारी छ । स्वास्थ्य सेवा पाउने थलो यतिबेला आन्दोलनले ग्रस्त छ । लामो समयदेखि विभिन्न माग राखेर चिकित्सक कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । सोमबार मनिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आन्दोकारी चिकित्सक र प्रहरीबीच झडप नै भएको हो । झडपमा १० जना घाइते भएका छन्  । घाइते हुनेमा ७ जना प्रहरी र ३ जना चिकित्सक कर्मचारी छन् । चिकित्सक कर्मचारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भएको भीडन्तले अस्पताल तनावग्रस्त बन्यो । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारी र प्रहारबीचको भीडन्तले अस्पतालका सीसा, डिनको कार्यालय तोड्फोड भएको छ । मनिपालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, विदा, स्थायी लगायतका माग राखेर आन्दोलन गर्दै आएका थिए । चिकित्सक कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका थिए भने प्रस्पताल प्रशासनमा धर्ना पनि दिँदै आएको थियो ।

चिकित्सक कर्मचारीको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीले बताएका छन् । प्रहरीले स्वास्थ्य संस्थामा आन्दोलन गर्न ठिक नभएको बताएको र सेवाग्राहीले सेवा पाउनबाट बञ्चित हुन नदिने प्रयास गरेको एसपी सिंहले बताए । भीडन्तमा राजबहादुर घर्ती कर्णबहादुर केसी र अमर गुरुङ लगाएतका कर्मचारी घाइते भए । विपिन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुनाराज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल घाइते भएका प्रहरी हुन् ।

तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जलाई इन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । आफ्ना माग पुरा नभएर आन्दोलन जारी रहने चिकित्सकहरुले बताउदै आएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अमेरिकनले किन गरे ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या ?
Next article स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web