• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

हेल्थ टुडे,

काठमाडौं, १९ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका महत्वपूर्ण निकायमा जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सोमबार स्वास्थ्य सेवा विभागको रिक्त महानिर्देशक सहित महत्वपूर्ण महासाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरिएको छ । डा. लोहनी यस अगाडि स्वास्थ्य विमा बोर्डका निमित्त कार्यकारी निर्देशक थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको हुनु पर्ने कानूनी प्रावधान छ । डा. लोहनी एघारौ तहका हुन् । पूर्व स्वास्थ्य मन्त्री दिपक बोहोराले निमित्त प्रहानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाएर डा. तारा पौडेललाई महानिर्देशक बनाएपछि डा. पन्त अदालत गएका थिए । अदालतले डा. पन्तकै पक्षमा निर्णय गरेपछि मन्त्री बोहोराले बाह्रौ तहका डा. विनोदमान श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । उनी १० दिन महानिर्देशक भएपछि उमेर हदका कारण सेवा निवृत भएका थिए । त्यसपछि महानिर्देशक पद खाली थियो । स्वास्थ्य मन्त्रालयमा बाह्रौ तहका एक जना चिकित्सक मात्र छन् । बाह्रौ तहका चिकित्सक डा. शुशिलनाथ प्याकुरेललाई पन्छाएर राज्य मन्त्री अर्यालले एघारौ तहका डा. लोहनीलाई निमित्त महानिर्देशक बनाएकी छन् ।

सरकारमा एमाले र एमाओवादीको भागबन्डा मिलाए जस्तै स्वास्थ्यमा पनि एमाले र एमाओवादी निकट चिकित्सकहरुलाई भागबन्डा मिलाइएको स्रोतले बताएको छ । निमित्त महानिर्देशक बनाइएका डा. लोहनी एमाओवादी निकट मानिन्छन ।

त्यसैगरि मन्त्रालयको महत्वपूर्ण मानिने नीति, योजना तथा अन्तर्राष्ट्रिय समुन्वय महासाखाको प्रमुखमा महेन्द्र श्रेष्ठलाई ल्याईएको छ ।

उनी काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख थिए । उनी एमाले निकट हुन् । एमालेबाट स्वास्थ्य मन्त्री भएका खगराज अधिकारीले आफ्नो पालामा श्रेष्ठलाई यही महासाखामा ल्याएका थिए । पछि नेपाली कांग्रेसबाट गगन थापा स्वास्थ्य मन्त्री भएपछि श्रेष्ठलाई सरुवा गरेर भोगेन्द्र डोटेललाई ल्याएका थिए ।

त्यसैगरि एमाओवादी निकट डा. श्रीकृष्ण गिरीलाई नीति, योजनाबाट स्वास्थ्य विमा बोर्डमा सरुवा गरिएको छ । वीर अस्पतालका अर्थोपेडिक चिकित्सक डा. गिरीलाई पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सरुवा गरेर मन्त्रालय ल्याएका थिए ।

त्यसैगरि व्यवस्थापन महासाखाका निर्देशक डा. भिमसिंह टिंकरीलाई मन्त्रालयको अनुगमन महासाखामा सरुवा गरिएको छ । एघारौ तहमा सबै भन्दा वरिष्ठ भएपनि नेताहरुको दैलो नचहार्ने सोझो चिकित्सक भएकाले उनलाई महत्वपूर्ण जिम्मेवारीबाट बन्चित गरिएको मन्त्रालय स्रोतले बताएको छ । उनले आपूर्ति महासाखामा रहेर विवादरहित छवि बनाइसकेका छन् ।

अनुगमन महासाखाका प्रमुख डा. दीपेन्द्ररमण सिहलाई मन्त्रालयकै चिकित्सा महासाखाको प्रमुखमा सरुवा गरिएको छ । मन्त्रालयमा क्षमतावान चिकित्सकका रुपमा उनलाई लिइन्छ । त्यसैगरि व्यवस्थापन महासाखाको निर्देशकमा डा. विकाश देवकोटा ल्याइएको छ । उनी परिवार स्वास्थ्य महासाखाका निर्देशक थिए । आजबाट रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको निर्देशकमा वीर अस्पतालका डा. केदार सिन्चुरीलाई सरुवा गरिएको छ । डा. भिम आचार्य आजबाट अवकाश पाएका छन् ।

त्यसैगरि चिकित्सा महासाखाका प्रमुख डा. भोलाराम श्रेष्ठलाई वीर अस्पताल सरुवा गरिएको छ । उनी नेपाली कांग्रेस निकट मानिन्छन । उनलाई पूर्व मन्त्री गगन थापाले भेरी अञ्चल अस्पतालबाट सरुवा गरेर मन्त्रालय ल्याएका थिए । नियम, कानून भन्दा पनि एमाले र एमाओवादी निकट चिकित्सकको भागबण्डा गरेर राज्यमन्त्री अर्यालले जिम्मेवारी हेरफेर गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि संघिय समाजवादी फोरम सरकारमा सहभागी हुने र उसको भागमा स्वास्थ्य मन्त्रालय परेकाले एमालेबाट राज्यमन्त्री बनेकी अर्यालले गरेका यी सरुवाको अवस्था लामो समय रहनेमा भने विश्वास गर्न नसकिने मन्त्रालयका अधिकारीले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लुक्रसले सिकायो दात माझ्ने र हात धुने सिप
Next article मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134130
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web