• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

April 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम  शुभारम्भ

बाजुरा, २६ चैत: बाजुरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गर्नुभयो ।प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र जिल्ला स्वास्थ्य समन्वय समिति सल्लाहकार एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले नाम दर्ता गराएर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
गरीब तथा विपन्न समुदायलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट स्वास्थ्य सेवाको सुनिश्चित गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको हो । सेवा जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।

स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट शुरु गरिने भए पनि नाम दर्ता कार्यक्रम चैत २५ गतेबाट औपचारिक उद्घाटन गरिएको छ । जिल्लामा २०६८ सालको जनगणनाअनुसार २० हजार ९०८ वटा परिवार संख्या रहेको छ । ती सबै घरलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष भरत बोहराले बताउनुभयो । पाँच जना संख्या रहेको प्रतिपरिवार रु दुई हजार २०० का दरले बीमा शुल्क लिइनेछ भने त्यसभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थप गर्दै लगिने बताइएको छ । परिवारले रु दुई हजार ५०० बीमा बापतको रु ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा पाउने छन् ।सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचीकृत गरिएको छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फिजियो थेरापिस्टहरुलाई ‘इभिडेन्स बेस्ड प्राक्टिस एण्ड रिसर्च’ तालिम
Next article आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132661
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web