• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
पोषण

स्वस्थ जीवनका लागि सन्तुलित आहार

April 26th, 2018 पोषण 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ जीवनका लागि सन्तुलित आहार

हेल्थ टुडे,
काठमाडौं, १३ बैशाखः हामी हाम्रो स्वास्थ्यलाई भन्दा पनि स्वादलाई बढी प्राथमिकता दिने गर्छौ । जसले गर्दा हामी धेरैजसो मसलेदार, तारेको, भुटेको, पीरो अमिलो खाना नै खान रुचाउछौं । सन्तुलित र स्वस्थ्य खाना खाँदैनौ । पहिलो कारण हामी दिनभर हतारमा हुन्छौ, जसले गर्दा हामीलाई सन्तुलित खाना भन्दा छिटो खाने र हिड्ने बानी परिसकेको हुन्छ ।
हामीसँग हरेक काम गर्ने समय हुन्छ । तर, आरमसाथ स्वस्थ्य खानपान गर्ने समय हुँदैन । त्यसैले हतारमा जे भेटिन्छ, त्यही खाइदिन्छौं । जहाँ भेटिन्छ, त्यही खाइन्छ । पेटभर खान पाए पुग्यो । कतिलाई चाहि यो कुरा थाहा हुँदैन कि, कुन खानेकुरा खाने, कुन खानेकुरामा पोषक तत्व मिल्छ ?
हाम्रो स्वास्थ्यसँग खानपानको प्रत्यक्ष सम्बन्ध रहन्छ । केही अध्ययनबाट यस्ता खानपानको सूची तयार गरेका छन जसले हाम्रो शरीरलाई लाभ गर्छ ।
१. बदाम प्रोटीनको राम्रो स्रोत हो । यसमा मोनो अनसेचुरेटेड फ्याट हुन्छ, जसले हृदयलाई स्वस्थ्य राख्छ । दिनहुँ पाँच देखि सात वटा बदाम खानु स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । १ सय ग्राम बदाममा ५ सय ९७ किलो क्यालोरी हुन्छ ।
२. किशमिश पनि स्वास्थ्यका लागि फाइदाजक छ । यो तीन रंगमा पाइन्छ, रातो, हल्का हरियो र कालो ।
३. मांसाहारीका लागि, समुन्द्री खानेकुरा एकदमै राम्रो हुन्छ । रेड स्नाइपर नामको माछामा खास पोषक तत्व हुन्छ । यो स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । तर, यो खानुअघि केहि सावधानी अपनाउनुपर्छ । किनभने यसमा खतरनाक टक्सिन पनि हुन्छ । यसलाई राम्ररी सफा गरेर मात्र खानु पर्छ नत्र यो हानिकारक साबित हुनसक्छ ।
४. कागति र सुन्तला पनि स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यो भिटामिन सिको राम्रो स्रोत हो । यसले हाम्रो छालामा चमक ल्याउँछ । पाचन क्रियामा पनि सघाउ र्पुयाउँछ । एसिडिटीको समस्या झेलिरहेकाहरुलाई पनि यो उपयोगी हुनसक्छ ।
५. अनार एन्टि अक्सिडेन्टको राम्रो स्रोत हो । यसमा आइरन पनि पाइन्छ । दिनहुँ आफ्नो खानामा अनार सामेल गर्ने हो भने हेमोग्लोबिनको कमी हुँदैन ।
६. मौसम अनुसार गर्मीमा पानीको आवश्यक्ता शरीरलाई बढी चाहिने हुदा यस्तो समयमा फलफुल एवं सब्जी खानु्पर्छ । जसले पानीको अभाव पूर्ति गर्न सक्छ । कांक्रा, तरबुजा आदि फलमा पानी पर्याप्त मात्रामा पाइन्छ । तरबुजामा फाइबर पनि हुन्छ । यो पेट तथा आन्द्राको लागि फाइदाजक मानिन्छ ।
७. गाजर त स्वास्थ्यका लागि रामबाण नै भनिन्छ । जाडो याममा गाजर उपयोगी हुन्छ । यसको विशेषता के भने, यसलाई पकाएर खान सकिन्छ, काँचो पनि । गाजर एघार बर्षअघि अफगानिस्तानमा उत्पादन गरिएको मानिन्छ । गाजरमा फाइबर, भिटामिन ए, आइरन पर्याप्त पाइन्छ । यसले रगत सफा गर्न सहयोग गर्छ ।
८. गोभी तथा ब्रोकाउली पनि स्वास्थ्यका लागि एकदमै फाइदाजक मानिन्छ । साथै फलवाला सब्जीमा कोलेस्ट्रोर हटाउने क्षमता हुन्छ । सिमी लगायतका सब्जीले शरीरमा जमेको कोलेस्ट्रोल घटाउँछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाङ जिल्ला औलो रोगको जोखिममा
Next article गर्दनको हाड खिइने समस्या छ भने यसो गर्नुहोस्

Health Today Nepal

Related Posts

पोषणसम्बन्धी सचेतना अभियान शुरु

पोषणसम्बन्धी सचेतना अभियान शुरु

काजु खानुका फाइदा यस्ता छन

काजु खानुका फाइदा यस्ता छन

गर्भावस्था र गर्भवतीको ‘डाइट’

गर्भावस्था र गर्भवतीको ‘डाइट’

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web