• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित

May 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित

चितवन, ५ जेठः कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले मार्न दिएनन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका हुन ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लू प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन् । प्रमुख डा. खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाँच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन् ।
पूर्वी चितवन कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्काेतर्फ २०० मिटरसम्म मात्रै रहेको कारण किसान असन्तुष्ट भएको बताउनुभयो ।
मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकम मध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् ।

प्रमुख डा. खरेलले बर्डफ्लू नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लू देखिएको क्षेत्रबाट तीन किमी उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर चार किल्ला तोक्न सकिने बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेका छन् । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लू देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको थियो तर पनि यहाँ बर्डफ्लू देखिएको हो । हाल कुखुरा मार्दै गरेको फार्म एक किमी ३०० मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगियो
Next article जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web