• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय

काठमाडौँ, ६ जेठः स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ । मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारी बीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका कर्मचारीको विभागमा रहेको दरबन्दी कटौती भएकोमा कर्मचारी असन्तुष्ट देखिएका हुन् ।
आपूर्ति महाशाखाका खोप सुपरभाइजर ओम प्रसाद उपाध्यायले विभागको नयाँ प्रस्ताव गरिएको दरबन्दीमा खोप सुपरभाइजर अधिकृत, परिवार नियोजन सुपरभाइजर अधिकृत, क्षयकुष्ठ सुपरभाइजर अधिकृत, भेक्टर सुुपरभाइजर अधिकृत लगायत दरबन्दी कटौती गरिनु गलत भएको बताउनुभयो ।
विशिष्ट ज्ञान भएका कर्मचारीमा लगानी गरेकोले, उनीहरुले नेपालको परिवार नियोजनको जनचेतना जगाउन, खोपको पहुँच बढाउन, कीटजन्य रोगको नियन्त्रणका लागि ठूलो योगदान गरेका छन त्यसैले उनीहरुको दरबन्दी कटौती गर्नु अन्याय भएको उपाध्यायले बताउनुभयो ।
देश संघीयताको कार्यान्वयनमा गइरहेका बेला जनशक्ति अझ बढाउदै लानुपर्नेमा सरकारले दरबन्दी कटौती गरेको भन्दै मन्त्रालयमा प्रयोगशालाका कर्मचारी, स्वास्थ्य सहायक लगायतले पनि जनशक्ति समायोजनमा असन्तुष्टि रहेको भन्दै निवेदन दर्ता गराएका छन् ।
स्वास्थ्य मन्त्रालयमा गठित संघीयता कार्यान्वयन इकाइका संयोजक मोहम्मद दाउदले केन्द्रका दरबन्दी कटौती गरिएको स्वीकार गर्दै ती जनशक्तिलाई प्रदेश, प्रदेश केन्द्र र स्थानीय तहमा समायोजन गरिने बताउनुभयो । कर्मचारी व्यवस्थापन नहुने हो भने विगतमा सम्पादन गर्दै आएका काम प्रभावित हुने देखिन्छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए
Next article नेपाललाई ट्रकोमा उन्मुलन गरेको प्रमाणपत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web