• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय

काठमाडौँ, ६ जेठः स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ । मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारी बीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका कर्मचारीको विभागमा रहेको दरबन्दी कटौती भएकोमा कर्मचारी असन्तुष्ट देखिएका हुन् ।
आपूर्ति महाशाखाका खोप सुपरभाइजर ओम प्रसाद उपाध्यायले विभागको नयाँ प्रस्ताव गरिएको दरबन्दीमा खोप सुपरभाइजर अधिकृत, परिवार नियोजन सुपरभाइजर अधिकृत, क्षयकुष्ठ सुपरभाइजर अधिकृत, भेक्टर सुुपरभाइजर अधिकृत लगायत दरबन्दी कटौती गरिनु गलत भएको बताउनुभयो ।
विशिष्ट ज्ञान भएका कर्मचारीमा लगानी गरेकोले, उनीहरुले नेपालको परिवार नियोजनको जनचेतना जगाउन, खोपको पहुँच बढाउन, कीटजन्य रोगको नियन्त्रणका लागि ठूलो योगदान गरेका छन त्यसैले उनीहरुको दरबन्दी कटौती गर्नु अन्याय भएको उपाध्यायले बताउनुभयो ।
देश संघीयताको कार्यान्वयनमा गइरहेका बेला जनशक्ति अझ बढाउदै लानुपर्नेमा सरकारले दरबन्दी कटौती गरेको भन्दै मन्त्रालयमा प्रयोगशालाका कर्मचारी, स्वास्थ्य सहायक लगायतले पनि जनशक्ति समायोजनमा असन्तुष्टि रहेको भन्दै निवेदन दर्ता गराएका छन् ।
स्वास्थ्य मन्त्रालयमा गठित संघीयता कार्यान्वयन इकाइका संयोजक मोहम्मद दाउदले केन्द्रका दरबन्दी कटौती गरिएको स्वीकार गर्दै ती जनशक्तिलाई प्रदेश, प्रदेश केन्द्र र स्थानीय तहमा समायोजन गरिने बताउनुभयो । कर्मचारी व्यवस्थापन नहुने हो भने विगतमा सम्पादन गर्दै आएका काम प्रभावित हुने देखिन्छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए
Next article नेपाललाई ट्रकोमा उन्मुलन गरेको प्रमाणपत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web