हेल्थ टुडे,
ललितपुर, ११ जेठ : विश्व थाइरोइड दिवसको अवसरमा जावलाखेलस्थित काठमाडौं डाइवेटिज एण्ड थाइराइड सेन्टरले शुक्रबार ३५० जनाको नि : शुल्क थाइराइडको जाच गरेको छ । सेन्टरले स्वास्थ्य सिविरको आयोजना गरि थाइराइड र डाइबेटिजका विरामीहरुका लागि निःशुल्क जाच र औषधि बितरण गरेको हो । जाच गराइएका मध्ये ७० प्रतिसत पुराना विरामी थिए भने ३० प्रतिसत नयाँ थिए । नयाँ जाच गरिएकाहरुको रिपोर्ट केही दिनमा आउने डाइवेटिज एण्ड थाइराइड विशेषज्ञ डा. अंशुमाली जोशीले बताए । सिविरमा सेन्टरका प्रमुख थाइराइड विशेषज्ञ डा. जोशी, डा. प्रियादर्शन योञ्जन सहितका विशेषज्ञहरुले डाइराइडका विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुका परामर्श र निशुल्क औषधि समेत वितरण गरेका थिए ।
सेन्टरले शुक्रबार नै डाइबेटिज र थाइराइडको बिषयका चेतना जगाउन र्याली समेत निकालेको थियो । र्यालीमा अल्का अस्पतालका अध्यक्ष कुमार थापा सहित सेन्टरका वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र प्रभावित सहभागी थिए ।
Leave a Reply